Radio Tamsaling - शिक्षक र नेताको बोली

शिक्षक र नेताको बोली

विचार/विश्लेषण तामसालिङ खबर प्रकाशित मिति: २०७४ श्रावन २४ मंगलवार

कपिलमणि डागी
शिक्षकको बनावट चार अक्षरले बने पनि देश विकास को लागि दरिलो खम्बा र मेरुदण्ड को रुपमा रहिआएको सबैमा सर्वविदितै छ ।

चाहे त्यो बाल शिक्षक देखि लिएर विद्याबारिधी पढाउने किन नहोस । विश्वको कुरा गर्ने हो भने शिक्षक शब्द लगनशील,इमान्दारी र बफादारी पेसाको रुपमा चिनिदै आएको पाइन्छ । हाम्रो देश नेपालमा शिक्षकलाई तल्लो स्तर बाट हेरिन्छ ।

यस्तो नजर्ले हेर्ने ब्यक्तिहरुले यो बिर्सेछन कि यिनिहरु त्यो ठाउमा कसरी पुगे भनेर ! यो भुल हुनु नै हाम्रा नेताहरुको लाचारीपन हो । शिक्षक देशको तागत हो भनेर भन्नू पर्ने ठाउमा शिक्षक केही होइनन आकाश बाट झरेका असिना हुन बिलाएर जान्छ्न भन्ने सोच राख्नु कतिसम्मको ठिक होला त !

नेपालमा शिक्षक को अवस्था के छ भन्ने कुरा थाहा हुदाहुँदै यसरी सार्बजनिक स्थलबाट नै नराम्रा अभिव्यक्ति दिदा शिक्षक को भबिस्य के होला ? अझै पनि हाम्रा सामु बिसौ वर्ष  बिना स्वार्थ काम गरिरहनु भएका शिक्षकहरु हुनुहुन्छ यदि यी शिक्षक थिएनन् भने देश को राजनैनिक पतन हुने थियो यो सत्य सबितै छ।हिजो के थियो र आज के भइरहेको छ भन्ने ख्याल नहुनु महासयहरुको ठुलो गल्ती हुने छ । अझै पनि शिक्षक को सहायता बिना राजनैतिक परिवर्तन असम्भव  छ । शिक्षक जन्मे देखि नै तपाइहरुले उनिहरु माथी राजनैतिक गर्नु भयो अनि राजनितिक गर्न सिकाउनु भयो त्यसैको वरिपरि धेरै थरिका संगठन,संघ खोलिन पुगे ।

आज तपाईं त्यसैलाइ खारेज गर भन्नू हुन्छ यो पाठ सिकाउने तपाइहरु नै हो । तपाईहरु ताक परे तिवारी नत्र गोतामे चरित्र नदेखाउनु होला । तपाई हरु जो सरकार र सरकार बाहिर हुनुहुन्छ केही लोभ र लालचले गर्दा देश भित्र धेरै थरिका शिक्षक खडा गर्नु भयो । कोही स्थाइ,कोही  अस्थायी ,कोही राहत,कोही पि सि एफ,कोही बाल शिक्षक इत्यादी । समस्या आफै ल्याउने अनि सम्स्या भो भनेर काम गर्नेलाई दिने जे मन लाग्छ त्यही बोलिदिने।आज एक थरी शिक्षक सडक मा छन जो बिसौ ,तिसौ बर्स सम्म काम विद्यालयमा गरिका छन  तपाइहरु नै हो जो सरकार र र सम्बन्धित निकायमा हुनुहुन्छ ।

 उनिहरु विद्यालय आउदा १६,१७ बर्सका थिए । तपाईहरु जस्ता ब्यक्तिहरु कक्षा १०  मा पढ्दा पनि उ आन्दोलन मा जान्थ्यो आज तपाईं देश को प्रधानमन्त्री ,अनि यसै संग सम्मन्धित मन्त्री बनिसक्दा पनि आन्दोलन मा गईराछ।यहाँ तपाईं हरु जस्ता नेता र दक्ष जनशक्ति लाखौं उत्पादन गरिसकेको छ ।

यहाँ पेसा हित का लागि धेरै  संघ संगठन  खडा भैसकेका छन उहीँ शिक्षकहरुको नेतृत्वमा तर शिक्षकको हितको लागि आज खोइ को बोली रहेको छ? कोही छैन नेता हरु बोल्ने तर बिपक्षीमा,पेसा का नेताहरु बोल्ने विपक्षमा।तपाईहरुको मुखबाट यस्ता शब्द आउदा मन भित्र पोलिरखेको त होला । तपाईहरु शिक्षकका समस्या बारे बोलि दिनुहोस । शिक्षक लाई पिठ्युमा बोकेर नहिद्नुहोस।सत्य कुरा गरिदिनुहोस । यदि यसरी नै शिक्षक बिपरित बोल्दैहिद्नु भो भने र सबै शिक्षक सडकमा उत्रिए भने समाल्न गारो पर्ला नेता ज्यु । सबैलाइ चेतना भया। शिक्षक एकता जिन्दाबाद ।

कपिलमणि डागी
श्री जन चेतना मावि
तिमाल गाउँपालिक वडां.१ काभ्रे



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388090 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top