Radio Tamsaling - टेस्टोनी आतक र हल्लै हल्लाको हाम्रो देश

टेस्टोनी आतक र हल्लै हल्लाको हाम्रो देश

विचार/विश्लेषण ताम्सालिङ खबर प्रकाशित मिति: २०७४ श्रावन १९ बिहीवार

संजय लामा तामाङ
केहि दिन देखि अकस्मत लहड चल्यो,टेस्टोनी आतंक,यसले पासवर्ड चोर्न लाग्यो भन्ने हल्ला पनि, हुन त आधारभुत रुपमा भन्दा दुईटै गफ भए पनि हाम्रो सामाजिक संजाल को हल्ला आंतक वा जे कुरा पनि बिश्वास गरि हाल्ने वा कुनै जाँचबुझ बिना कुरा भाईरल बन्ने बनाउने प्रवृतिबाट ग्रस्त छ भन्ने कुरा प्रस्ट हुन्छ र यो सामाजिक रुपमा खतरनाक कुरा पनि हो।

हुन त मान्छेले फेसबुकका स्वघोषित डाक्टरहरुबाट स्वास्थ टिप्सहरु लिएको र त्यसै अनुसार काम गरेको (भलै त्यो टिप्स दिनेको मेडिकल क्षेत्र सँग केहि समबन्ध नहोस) त्यस्तो सम्म पनि देखिएको छ भने गफ मात्र बिश्वास गर्नुलाई खासै नौलो मान्न सकिन्छ ।

मनोबैज्ञानिक बिश्लेण गर्दा यि सबै कुराले प्रविधिबारेको पुरा ज्ञान नहुनु कुरामा केन्द्रित रहने र मानबिय जिज्ञासु प्रबिधि र अन्थया नलिनु होला केहि हद सम्म भेडा प्रवृति (एउटाले गरे पछि सबै त्यसैको पछि लाग्ने) प्रवृतिको पनि उदाहरण दिन्छ । नेपालमा कम्प्युटरकै पढाईमा पनि फेसबुक जस्ता अनलाईन क्षेत्रमा के गर्ने नगर्ने कसरी सचेत हुने के कुरा पत्याउने के नपत्याउने भन्ने खालका कुरा हुदैन (फेसबुक चलाउने भन्ने बितिकै अध्ययनको हिसाबले नराम्रो हो,यो स्कुल-कलेजमा गर्नु हुदैन भन्ने सोच राखिन्छ। त्यसैले पनि शिक्षित (डिग्री लिनु भएका) हरु समेत यस्ता प्रवृतिको पछाडि लागेको देखिन्छ ।

पछि त्यो टेस्टोनी फोटो बनाउने कुरामा दिईने कुरामा न त कुनै बैज्ञानिक आधार छ, न त कुनै मनोबिज्ञानको सिन्दात छ, न त कुनै ज्योतिस ज्ञानकै प्रयोग भएको छ,न त यो कुरा मनोरन्जनात्मक खेल हो त्यहि पनि धेरै त्यसैको पछाडि लागेको र २ दिनमा नेपालमै हावी भएको देखिन्छ जुन खतरानाक र चिन्ताजनक प्रब्रति हो। यो प्रवृतिलाई अहिले बिज्ञापनकर्ता (जो बिज्ञापन मात्र पैसा कमाउन यसो गर्नै गर्छन) ले मात्र फाइदा उठाएकोमा भोली अन्य पनि दुरुपयोग नगर्लान भन्न सकिन्न । यसले हाम्रो सोसलमिडिया प्रयोगकर्ता कतिको सचेत छन, कसरी सुचनालाई लिन्छन त्यस कुरालाई पनि ईन्गित गर्दछ। हुन त अमेरिकी समाजमा समेत नागरिकले कुन समाचार साँचो कुन झुटो छुट्टाउन सकेनन भन्ने फेकन्युजको बहस चलि रहेको छ । हाम्रो नेपाली समाज जहाँ धेरै सोसलमिडिया नै पुरा इन्टरनेटको प्रयोग बनेको छ यस्ता कुरा शायद नौलो होईन ।

हुन त सरकारी पक्ष यसबाट सजग हुनु पर्ने,शिक्षाको काम गर्नु पर्ने हो तर प्रविधिक ज्ञानको कमी र कुनै कुनै बेला बिवसताको फाइदा त सरकारी पक्षले समेत उठाउदै आएको देखिन्छ ,जस्तै नेपालको अहिलेको पोस्टपेड मोबाईल भनेर दिईने सेवा प्रिपेड भन्दा केहि फरक देखिन्न त्यै पनि पोस्डपेड भनेर बेचेकै छन,इन्टरनेट शुल्क हुन पर्ने र सक्ने भन्दा धेरै माथि लिइरहेको छ,अनेक खेलमा पारेर वाईम्यास जस्ता प्रवृति बदनाम गरिएको छ,निजी इन्टरनेट सेवा प्रदायकको सेवा पनि गुणस्तरयुक्त छैन, शब्द जालमा पार्ने खालको देखिन्छ ।

यसैले यो अनलाइनमा आधारभुत ज्ञान(basic technical knowledge) र ब्यहारिक ज्ञान(common sense) बिना हाबी हुनु भनेको मोटरसाईकल चलाउने नजान्ने मान्छेलाई बुलेट बाइक देखिए सुनको सिक्री लगाएर एकान्त सडकमा राति ल सके सम्म स्पिडमा बाइक कुदा भनेको जस्तै हो,जे पनि हुन सक्छ । यो घटनाले नेपालको सोसलमिडियाको प्रवृति बारे पनि उजागर गरेको छ । त्यो फेसबुक आफैले गरेको होईन त्यसैले मान्छेहरुले छुट्टाउन सक्दैनन त्यसैले अब हुदै हुदैन भन्यो भने त्यस्तै अर्कोमा जान्छन र हुन सक्छ । अनि फलानोले यसो भन्यो भन्छ।त्यसैले त्यसैले चाँहि पासवर्ड लिदैन, तर त्यसतै अर्कोले लिदैन वा फेरी पासवर्ड हाल भनेर चोर्न सक्दैन भन्ने चाँहि हुदैन |

अन्तमा ति फोटो हेर्दा हेर्दा दिक्क बनेका पिडितहरुको लागि यसरी त्यो कुरालाई रोख्न सकिने सुचना सहित सचेत बनौ भन्ने शुभकामना |
(प्रोफेसनल आइटी टेक्नोलोजीको अध्येता संजय लामा तामाङ्को विश्लेषणमा)



सम्बन्धित तस्विरहरु

ति फोटो हेर्दा हेर्दा दिक्क बनेका पिडितहरुको लागि

कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388098 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top