Radio Tamsaling - Radio Tamsaling - The First Online Radio and News Portal of Tamang Language

साङ्ग्युर

ताम्सालिङ खबर साङ्ग्युर

तामाङ समाज,किताकान्तोको सहयोगमा मनहरीको १९ बाढी पिडीत परिवारलाई राहत वितरण

भदौ १७, हेटौडा । गत साउन २८ गते आएको बाढीले गर्दा पिडित बनेका मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँबस्तीका बाढी पिडीत १९ घरपरिवारलाई शनिबार राहत वितरण गरिएको छ ।

नेपाल तामाङ समाज जापान क्षेत्रिय समिति किताकान्तोबाट संकलित ७७ हजार ८ सय ६८ रुपैयाँ रकमबाट राहत संकलन गरी तामाङ सञ्चार समूह जिल्ला कार्य समिति मकवानपुरको संयोजनमा राहत वितरण गरेको हो ।


तामाङ समाज, किताकान्तो जापानमा कार्यरत नेपालीहरुबाट संकलन गरिएको रकमले दैनिक उपभोग्य सामाग्री, प्रत्येक परिवारलाई चामल १ बोरा, झुल २ थान, साबुन ५ वटा, बाल्टिन १ वटा, आयोडिनयुक्त नुन ५ पोका, म्याट १ थान, तेल ५ लिटर लगायतका सामाग्री वितरण गरिएको थियो ।

तामाङ संचार समूह मकवानपुरकी अध्यक्ष दुदुमाया सिन्तानको अध्यक्षता तथा मनहरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोपीलाल मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । बाढी पिडीतलाई राहत वितरण गर्दै अध्यक्ष मोक्तानले राहत सहयोगले बाढी पिडीतको पिडामा राहत पुग्ने बताउँदै अरु राहत नपाउनेहरुले मन खिन्न नबनाउन आग्रह गरे ।

उनले सबैभन्दा बढी क्षति भएका आधारमा सबैको लगत संकलन गरि राहत वितरण भएकोले सामान्य क्षति नभएकाले पनि बढी क्षति भएकाले राहत पाउन् भन्ने मनमा सोचिदिन सबैलाई आग्रह गरे । उनले वडा कार्यालयको पहलमा अहिले राप्ती नदीलाई बस्तीभन्दा केही परबाटै ड्याम बनाई बस्ती सुरक्षा गर्ने कार्य भएको जानकारी दिए ।

राहत वितरणमा स्थानीय मनोज लामा र प्रवासी तामाङ समाज कतारका केन्द्रीय सदस्य पुष्प मोक्तानका साथै स्थानीय युवाहरुले विशेष सहयोग गरेका थिए ।

कार्यक्रममा समाजसेवी डम्बरबहादुर लामा, वडा सदस्य कृष्ण गुरुङ, कलाकार तथा निर्देशक बाबु थिङ, गायक तथा कलाकार सुन्दर लामाका साथै तामाङ संचार समूहका उपाध्यक्ष धर्मराज स्याङ्तान, कोषाध्यक्ष दिलबहादुर लामा, सह-सचिव चन्द्र घलान, सदस्यहरु कुन्ती लामा, सम्झना गोले, सुनु थिङ, पविना लामा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक समाचारहरु


हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388081 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top