Radio Tamsaling - Radio Tamsaling - The First Online Radio and News Portal of Tamang Language

सूचना प्रविधि

ताम्सालिङ खबर सूचना प्रविधि

बेच्न राखीएको घडीमा सँधै १०:१० बजेको हुन्छ, किन ? हेर्नुस ।

घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ– नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।
तर एउटा कुराको याद सायद हामीमध्ये कमैले गरेका होलाउँ । डिस्प्लेमा राखिएका घडीहरुमा कति बजेको हुन्छ भनेर । त्यो भन्दा बढि हामी घडीको डिजाइन र मूल्यमा नै बढि केन्द्रित हुन्छौ ।

यसरी विज्ञापनमा राखिने घडीमा चाहे जति नै बेला किन नहोस त्यो घडीमा १० बजेर १० मिनेट गएको हुन्छ।आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

कारण यस्तो छ :
घडीमा दश बजेर दश मिनेट गएको समयमा घन्टा सुई र मिनेट सुईको अवस्था यस्तो ठाउँमा हुन्छ जसले हाँसेको मानिसको मुखाकृति जस्तो देखाउँदछ । चित्रमा बनाइने हाँसेको मुखाकृति जस्तै घडीको सुईले बनाइदिन्छ । सायद हँसिलो स्वरुप देखाउनका लागि पनि विज्ञापनका घडीमा दश बजेर दश मिनेट बनाइएको हुन्छ ।

अर्को कारण हो, विजयको सूचक । दश बजेर दश मिनेट जाँदाको अवस्थामा घन्टा सुई र मिनेट सुई अंग्रेजी अक्षर ‘भी’ को आकारमा हुन्छ । ‘भी’ को अर्थ भिक्ट्री अर्थात विजय भन्ने हुन्छ । सायद सबैभन्दा सर्वेश्रेष्ठ घडी यहीँ हो भन्ने कुरा देखाउनका लागि हुनसक्छ यसो गराइएको । सबैभन्दा महत्वपूर्ण कुरा त के भने घडीभित्र लेखिएको ब्रान्डको नाम तथा लोगो प्रष्ट रुपमा देखाउनका लागि समेत दुवै सुईलाई यसरी माथि राखिएको हुनसक्छ ।

कतिपयका अनुसार जब पहिलोपटक वैज्ञानिकहरुले घडी बनाए तब ठ्याक्के दश बजेर दश मिनेट गएको थियो । त्यसैलै घडीको डिफल्ट समय नै दश बजेर दश मिनेट बनाइएको हुनसक्छ । 

सम्बन्धित शिर्षक समाचारहरु


हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388078 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top