Radio Tamsaling - Radio Tamsaling - The First Online Radio and News Portal of Tamang Language

प्रमुख समाचार

ताम्सालिङ खबर प्रमुख समाचार

रात्री समयमा बेनी-जोमसोम सडक बन्द

भदौ २१, बेनी । बेनी-जोमसोम सडकमा भदौ ३१ गतेसम्म रातको समयमा यातायात सञ्चालन बन्द गरिएको छ । सो सडकखण्ड अन्तर्गत म्याग्दी र मुस्ताङ क्षेत्रमा पहिरो खस्ने र खोलामा पानीको सतहसमेत नघटेपछि यात्रुको सुरक्षाका लागि गत साउन ५ गतेदेखि भदौ १५ गतेसम्म रातको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको थियो ।
तर, अहिले पनि समस्या पहिलेकै जस्तो रहेकाले भदौ ३१ गतेसम्म समय थप गरिएको र तोकिएको समयमा सवारीसाधन सञ्चालन गरे कारबाही गरिने जिल्ला प्रशासन कार्यालय, म्याग्दीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा बसेको यातायात व्यवस्थापन समितिको बैठकले समय अवधिलाई भदौको अन्तिमसम्म थप गर्ने प्रस्तावमा सुरक्षा निकाय, यातायात व्यवसायीले समेत सहमति जनाएका थिए ।

रातको समयमा सवारीसाधन सञ्चालन गर्दा मानवीय जोखिम बढेपछि समय अवधि तोकेर यातायात बन्द गर्ने निर्णयको सरोकारवाला निकायले समेत स्वागत गरेका छन् । कुल ७६ किलोमिटरको सडकखण्ड अन्तर्गत म्याग्दी र तल्लो मुस्ताङ खण्ड जोखिमपूर्ण छ । अन्नपूर्ण गाउँपलिका–३ दानाको गुँइठेभीर, दानाकै काभ्रेभीर र मुस्ताङको थासाङ गाउँपालिका–४ मा खसेको पहिरोले गर्दा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । सडकखण्डअन्तर्गत पर्ने खोलाको सतहसमेत घटेको छैन ।
“म्याग्दी खण्डमा धेरै पहिरोले सताएको छ” बेनी–जोमसोम–सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भन्नुभयो । शेरचनले म्याग्दी खण्डमा रघुगंगा गाउँपालिका–१ बेगखोला, अन्नपूर्ण गाउँपालिका–३, गुँइठेभीर, घट्टेखोला, काभ्रेभीरमा खसेको पहिरो पन्छाउन निकै समस्या हुने गरेको बताउनुभयो ।

गत वर्ष बेगखोलामा आएको बाढीले बस्ती र खोलाको बेलिब्रिज बगाए पनि सम्बन्धित निकायले खोलामा पक्की पुल बनाउनेतर्फ ध्यान नदिँदा सवारीसाधनका साथै पैदलयात्रीलाई समेत सास्ती भएको स्थानीयवासीको भनाइ छ । आजदेखि शुरु भएको सोह्रश्राद्धमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्न जाने तीर्थयात्रीलाई समस्या भएको छ भने मुस्ताङको स्याउ ढुवानीमा समेत समस्या भएको व्यापारीले बताएका छन् । रासस

सम्बन्धित शिर्षक समाचारहरु


हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388077 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top