Radio Tamsaling - बाढी पिडित सहयोगार्थ म्लाङ प्वाँहार बिशेष प्रदर्शन हुने

बाढी पिडित सहयोगार्थ म्लाङ प्वाँहार बिशेष प्रदर्शन हुने

मनोरञ्जन तामसालिङ खबर प्रकाशित मिति: २०७४ भाद्र २० मंगलवार

भदौ २०, काभ्रे ।
गत साउन २८ गते आएको बाढीले आक्रान्त बनिरहेको बेला सहयोगी हातहरु बढी रहेको बेला बाढी पीडितको सहयोगार्थका लागि थोकर फिल्मस प्रालिद्धारा निर्मित तामाङ चलचित्र म्लाङ प्वाँहार काभ्रेको मयूर हल बनेपामा भदौ २४ गते बिशेष प्रदर्शन हुने भएको छ ।

चलचित्रका खलनायक तथा निर्माता बिकु थोकरले आफूले सकेको सहयोग गरेको बताए । तराई डुब्दा पहाडलाई दुस्छ उनले भने ,म र मेरो चलचित्रको टिमले अहिले तराईका बाढी पिडितलाई चलचित्र बिशेष प्रदर्शन गरि उठेको रकममा सबै कलाकार मिलेर रकम थप गरि बाढी पिडितलाई दिने बताए ।

उनले बिशेष प्रदर्शन गरेको रकम सबै बाढी पिडितलाई दिने भएकाले चलचित्र म्लाङ प्वाँहार हेर्न सबै दर्शकलाई आव्हान समेत गरेका छन् । खलनायक तथा निर्माता बिकु थोकरले यस भन्दा पहिला चलचित्र शो गरेको रकम पनि समाज सेवामा खर्च गदै आएका छन् ।



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388105 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top