Radio Tamsaling - हवाई इन्धनमा गुणस्तरहीन

हवाई इन्धनमा गुणस्तरहीन

प्रमुख समाचार तामसालिङ खबर प्रकाशित मिति: २०७४ भाद्र २० मंगलवार

भदौ २०, काठमाडौ :
नेपालमा उडान गरिररहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल आयल निगमबाट बिक्री भइरहेको हवाई इन्धन गुणस्तरहीन भएको आरोप लगाएका छन् ।

खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईबाट उडान भर्दै आएको फ्लाई दुबई, सारजहाबाट उडान भर्दै आएको एयर अरेबिया, अबुधाबीबाट उडान भर्दै आएको इतिहाद एयरवेज र कतारको दोहाबाट उडान भर्दै आएको कतार एयरवेजले आयल निगमसँग खरिद गरिने हवाई इन्धन गुणस्तरहीन भएको आरोप लगाएका हुन् ।

इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा) बाट प्रमाणित तथा ती अन्तर्राष्ट्रिय वायुसेवामा आवद्ध अनुगमन निरीक्षकले नेपाल आएर निगमबाट बिक्री गरिने हवाई इन्धनको गुणस्तर नपुगेको प्रतिवेदन निगममा बुझाएका हुन् ।

प्रतिवेदन प्राप्त गरे पनि निगम व्यवस्थापनले समस्या समाधान गर्नुको सट्टा त्यसलाई पूर्ण रुपमा वेवास्ता गरेको आजको नागरिक दैनिकमा खबर छ ।



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388094 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top