Radio Tamsaling - दरबारमार्गको चार पसल शिलबन्दी

दरबारमार्गको चार पसल शिलबन्दी

प्रमुख समाचार तामसालिङ खबर प्रकाशित मिति: २०७४ भाद्र २० मंगलवार

भदौ २०, काठमाडौं ।
आपूर्ति मन्त्री शिवकुमार मण्डलको नेतृत्वमा सोमबार गरीएको आकस्मिक अनुगमनको क्रममा उपभोक्ता ठगी गरेको चार वटा पसलहरु भेटिएपछि शिलबन्दी गरिएको हो ।

स्टोरवन, ब्रेण्टली, पुमा र नाईक पसल शिलबन्दी गरिएको हो। ती पसलले बिल बिजक नभएको, ओभर बिलिङ गरेको, वास्तविक मूल्यमा अत्यधिक बृद्धि गरी दँशै छुट गरीएको भेटिएकाले शिलबन्दी गरिएको आपूर्तिमन्त्री मण्डलले बताए।  

नाईकले ४ हजार ७ सयको खरीद बिलको जुत्ता २६ हजार ९ सय ९० रुपैयाँमा बिक्री गरेको, २ हजार ६ सय को सामान २६ हजार रुपैयाँमा विक्री गरेको फेला परेको थियो।  नाईकले ४ हजार ७ सयको खरीद बिलको जुत्ता २६ हजार ९ सय ९० रुपैयाँमा बिक्री गरेको, २ हजार ६ सय को सामान २६ हजार रुपैयाँमा विक्री गरेको फेला परेको थियो ।
 
नर्थ फेसमा १३ हजारको सामान बेचेर ४ हजारमा बिल काटेको भेटिएको थियो। खरीद र बिक्री मूल्यमा धेरै अन्तर राखेको उक्त पसललाई सबै कारोबारको कागजातसहित तीनदिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ ।

उपभोक्ताले महंगो सामान बाध्यत्मक तरिकाले किन्नुपर्ने र जनताका समस्या भन्दा पनि ब्यावासायीको मनपरी भएकोले समाजमा बिकृति ल्याएकोले अनुगमन आएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए । उनले व्यवसायी र उपभोक्ताको बीचमा समन्वय गरी जनता ठगिने कार्यलाई नियन्त्रण गरिने बताए।

‘नियम र कानुनले भेटेको कानुनसम्मत तरीकाले हुने प्रकारको हदै सम्मको कार्वाही हामी गर्दछौँ,’ उनले भने, ‘ निर्दोष व्यवसायीलाई हाम्रो अनुगमनको कारणले व्यवसायमा कुनै दखल हुने छैन तर दोषिलाई कुनै पनि प्रकारको क्षमायचना गरिने छैन।’

कालोबजारी ऐनमा २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने भएपनि पसलहरुले अत्यधिक नाफा खाने गरेको भेटिएको ले उनीहरुलाई कालोबजारी ऐन अनुसार कार्वाही गरिने आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालले बताए ।   



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388095 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top