Radio Tamsaling - कतारमा म्हेन्दोमाया सांस्कृतिक साँझ सकियो

कतारमा म्हेन्दोमाया सांस्कृतिक साँझ सकियो

प्रवास तामसालिङ खबर प्रकाशित मिति: २०७४ भाद्र १९ सोमबार

भदौ १९, कतार :
नेपाली प्रबासी तामाङ समाज कतारको संरक्षणमा स्थापित म्हेन्दोमाया समाजको प्रथम सांस्कृतिक कार्यक्रम 'म्हेन्दोमाया साँझ-२०१७' भव्य रुपमा सकिएको छ ।

शुक्रबार दोहाको गल्फ प्याराडाइज होटेलको सभाहलमा सम्पन्न सास्कृतिक साझमा म्हेन्दोमाया गीतसंगीत तथा तामाङ समुदायको धर्म संस्कार र पहिचानलाई विश्व भरि छरिएर बसेका नेपालीहरु माझ पुर्याउने उदेश्यले आयोजित गरिएको हो ।

सास्कृतिक कार्यक्रमलाइ सफल पार्न नेपालबाट आमन्त्रित चर्चित कलाकार तथा स्थानीय कलाकारहरुको बिशेष प्रस्तुति रहेको समाजका अध्यक्ष कान्छाराम तामाङले सभापतित्व ग्रहण गरेको थियो । कार्यक्रममा कतार दूतावासका राजदुत महामहिम रमेश प्रसाद कोइराला प्रमुख अतिथि रहेको र बिशेष अतिथिमा आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष देव राज राई थियो । विभिन्न संघ सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेबी, पत्रकार लगायतका ब्यक्तित्वहरु उपस्थिति रहेको थियो । समाज कतारका उपाध्यक्ष गणेश ब्लेन्थेन तामाङले कार्यक्रममा उपस्थितलाई स्वागत गर्नुभएको थियो ।

नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष राईले कार्यक्रम सफलताको शुभकामना मन्तव्य दिएका थिए मन्तव्य कै क्रममा नेपाल प्रबासी तामाङ समाज कतारका सल्लाहकार कुमार तामाङले तामाङहरुका भाषा,संस्कृति,भेषभुषा र तामाङ टोपीको आफ्नै महत्व छ । ति मध्ये टोपीको आफ्नै महत्व भएको र टोपीलाई बुझेर मात्र लगाउनु पर्ने बताउदै बिज्ञान र प्रविधिको युग भएकोले आफ्नो वास्तबिक पहिचान धर्म संस्कार छोड्दै गएकोमा दुख ब्यक्त गर्दै सबै जातजातिलाई आफ्नो धर्म संस्कार सभ्यतालाई संरक्षण गर्न अनुरोध समेत गरेका थिए । त्यसैगरी नेपाल प्रबासी तामाङ समाज कतारका प्रमुख सल्लाहकार तथा कार्यक्रमका व्यवस्थापक थर्च लामाले पनि आफ्नो भेषभुषाको बारेमा प्रस्ट्याउनु भएको थियो ।

दोस्रो चरणको सांगीतिक कार्यक्रममा गायक कुमार ओख्रेली र हिमाल लुङबाको गीतबाट सुरु भए संगै नृत्यकारहरु श्रीचन तामाङ, सन्जिब खाती, टेन्सन तामाङ, राज गुरुङ,पुजा तामाङ, अलिया तामाङ, मनिका तामाङ र रजीना तामाङको आकर्सक नृत्यले उपस्तित दर्सक लाई भरपुर मनोरंजन दिएका थिए भने त्यसैगरी कार्यक्रममा सन्तोष कुवर,सुन्दर तामाङ, सल्मा तामाङ,पासाङ तामाङ,कमल योन्जन लगायत  थुप्रै कलाकारहरुले गीत नृत्य र प्रहसनले उपस्थितहरुलाई मनोरञ्जन दिलाएको थियो ।

कलाकार म्हेन्दोमाया किङ सागर एस वाइवाले चर्चित गीतहरु १ दर्जन भन्दा बढी गाउदै कार्यक्रममा उपस्थितहरुलाई छमछमी नचाएका थिए अर्का चर्चित म्हेन्दोमाया गायक सुमन घले र चर्चित सेलो गायक विशाल कल्तानले पनि आधा दर्जन गीत प्रस्तुत गर्दा उपस्थितिहरुलाई थप मनोरञ्जन दिलाएको थियो । कतार बाट म्हेन्दोमाया समाज कतारका उपाध्यक्ष ब्लेन्थेनले जानकारी गराएको आधार तयार पारिएको हो ।



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388073 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top