Radio Tamsaling - अनुले ‘कम्मर मर्काई’ पछि (भिडियो)

अनुले ‘कम्मर मर्काई’ पछि (भिडियो)

मनोरञ्जन तामसालिङ खबर प्रकाशित मिति: २०७४ भाद्र १९ सोमबार

भदौ १९, हेटौडा ।
पत्रकार गिरिजा अधिकारीको शब्दमा रहेको ‘कम्मर मर्काई मर्काई...’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायक रुपक डोटेलको ‘सानु’ एल्बममा समावेश उक्त गीतको भिडियो बिन्दाबासीनी म्यूजिकको  युट्युब मार्फतले सार्वजनिक गरेको थियो ।

अधिकारीको शब्द, चर्चित संगीतकार बसन्त सापकोटाको संगीत र गायक रुपक डोटेलको आवाजमा सजिएको उक्त गीतमा नायिका अनु शाह र मोक्ष अधिकारीले अभिनय गरेका छन् । कपिल लामाको निर्देशन तथा राजेश घिमिरेको छायाङ्कनमा भिडियो तयार भएको हो ।

यस अघि अधिकारीको शब्द रहेको ‘धरोधर्म..’ बोलको गीतको अडियो बुढासुब्बा म्यूजिक मार्फत सार्वजनिक भएको थियो । उक्त गीतमा भने गायक रामचन्द्र काफ्लेको आवाज छ ।

हेर्नुहोस् भिडियो :
 

सम्बन्धित भिडियो



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388102 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top