Radio Tamsaling - भिमफेदी गाउँपालिकामा माओवादी केन्द्रको अध्यक्षमा स्याङ्तान चयन

भिमफेदी गाउँपालिकामा माओवादी केन्द्रको अध्यक्षमा स्याङ्तान चयन

प्रमुख समाचार तामसालिङ खबर प्रकाशित मिति: २०७४ भाद्र १९ सोमबार

भदौ १९, हेटौडा ।
नेकपा माओवादी केन्द्र भिमफेदी गाउँपालिकाको भेला तथा सम्मेलन आईतबार सकिएको छ । भेलाबाट बद्रि स्याङ्तान अध्यक्षतामा रहने गरि ३९ सदस्ययीय गाउँ कमिटि चयन गरेको छ ।

कमिटिको उपाध्यक्षमा अप्सरा लोप्चन, सचिवमा दिपक गोले, सह सचिवमा सिताराम रुम्बा, कोषाध्यक्षमा अन्जु लामा चयन भएको माओवादी केन्द्र मकवानपुरका सञ्चार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथकं) ले जानकारी दिए ।

भेलामा बोल्दै माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले संघ र प्रदेशको निर्वाचन नजिकिँदै गर्दा माओवादीप्रति जनलहर बढेको बताईन् ।

भिमफेदी गाउँपालिका इन्चार्ज प्रमिला लामाको अध्यक्षतामा भएको सम्मेलनमा जिल्ला संयोजक प्रेम बहादुर पुलामीको विषेश आतिथ्यता रहेको थियो ।
 



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388085 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top