Radio Tamsaling - १० ठाउँमा शिविर राखेर फास्ट ट्रयाक निर्माणमा तीव्रता दिइने

१० ठाउँमा शिविर राखेर फास्ट ट्रयाक निर्माणमा तीव्रता दिइने

प्रमुख समाचार तामसालिङ खबर प्रकाशित मिति: २०७४ भाद्र १८ आइतवार

भदौ १८, हेटौडा ।
छिमेकी भारत र चीनलाई समेत जोड्ने लक्ष्यसहित अघि बढेको काठमाडौं-तराई फास्ट ट्रयाक निर्माणको कामलाई दोब्बर गतिमा अघि बढाउन नेपाली सेनाले १० स्थानमा शिविर खडा गर्ने भएको छ ।

यसअघि पाँच स्थानमा सैन्य शिविर राखिसकेको सेनाले त्यसलाई दोब्बर गर्न लागेको हो ।

‘फास्ट ट्रयाक’ निर्माणका लागि एक हजार सैनिक तैनाथ गर्ने तयारी छ । हरेक शिविरमा एक सयभन्दा बढी सैनिक रहने गरी त्यसको व्यवस्थापन गर्ने निर्णय भएको सैन्य स्रोतले बतायो । हरेक शिविरले ७/८ किलोमिटर सडक हेर्ने गरी व्यवस्थापन गरिने सेनाले जनाएको छ । सैन्यबलबाट नहुने कामका लागि पनि सेनाकै प्रत्यक्ष निगरानी र सुरक्षा घेरामा अनुभवी निर्माण कम्पनीले काम गर्ने गरी प्रक्रिया अघि बढेको छ ।

एसियाली राजमार्गमा उपयोग भएको उच्च प्रविधिमा रातदिनै निर्माण कार्य हुने र अधिकांश स्थानमा स्थानीयलाई नै काम दिने सेनाको रणनीति छ । सडक निर्माण क्षेत्रमा अहिले बत्ती जडानका लागि प्रक्रिया अघि बढेको छ ।

काठमाडौंमा ४ दशमलव ९, ललितपुरमा ७ दशमलव ९, मकवानपुरमा ५६ दशमलव ७ र बारामा ७ दशमलव ६ किलोमिटर गरी कुल ७६ दशमलव २ किलोमिटरको यो सडक निर्माण कार्य १० स्थानबाट आरम्भ गरेर समयमा सम्पन्न गर्ने सेनाले जनाएको छ ।

यसअघि सेनाले जिम्मा लिएका कर्णाली र कालीगण्डकी करिडोर उच्च जोखिमयुक्त भए पनि समयसीमाका कारण फास्ट ट्रयाक अझ चुनौतीपूर्ण मानिएको छ । आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388088 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top