Radio Tamsaling - नेपाल आईडलको ग्राण्ड फाइनल कतारमा हुने, चर्चित कलाकारहरुको प्रस्तुति रहने

नेपाल आईडलको ग्राण्ड फाइनल कतारमा हुने, चर्चित कलाकारहरुको प्रस्तुति रहने

मनोरञ्जन तामसालिङ खबर प्रकाशित मिति: २०७४ भाद्र १६ शुक्रवार

भदौ १६, हेटौडा :
नेपाल आईडलको ग्राण्ड फाइनल आगामी असोज ६ गते कतारको राजधानी दोहामा हुने भएको छ । नेपाल आइडलको ग्रान्ड फिनालेमा डान्स ईन्डिया डान्स लिटिल मास्टर, २०१४ र झलख दिखलाजा २०१६ की विजेता तेरीया फौजा मगर , गायक हेमन्त राना, केदार घिमिरे (माग्ने बुढा) नलिना चित्रकार र नारद खतिवडा सहितको प्रस्तुती रहने भएको छ । ग्रान्ड फिनालेमा आइडलका टप १२ मा पर्न सफल कलाकारका साथै अन्य राष्ट्रिय कलाकारको पनि प्रस्तुती रहने छ ।

कतारको राजधानी दोहा स्थित एशियन टाउन एम्पिथ्रेटर ग्रान्ड हलमा हुने ग्रान्ड फिनालेको व्यवस्थापन ओनिक्स वान ईन्टरनेशल क्यानडा र एभरेष्ट नेपाल युथ एसोसिएसनले संयुक्त रुपमा गर्दैछन् ।

ओनिक्स र एभरेष्ट संस्थाले दिएको जानकारी अनुसार ग्रण्ड फिनालेमा १४ लाख ८० हजार रियल अर्थात करिव ४ करोड २० लाख खर्च हुनेछ । फिनालेको लागी जज, प्रतियोगी, कलाकार तथा प्राबिधिक गरी ८५ जना नेपाल वाट आउने छन्। कार्यक्रमको टिकट दर कतारी रियल ३५, ५०, ७०, १००, २०० र भिआईपी राखिएको छ ।

२६ तारिख आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजकले नेपाल र नेपालीको प्रतिष्ठा सँग जोडिएको यस कार्यक्रम सफल पार्न कतारमा क्रियाशिल संघ संस्था तथा कार्यरत नेपालीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

एपिवन टेलिभिजनले संचालन गरिरहेको नेपाल आइडलका टप ४ छानिसकेका छन् । बुद्ध लामा, सागर आले, प्रताप दास र निशान भट्टराई टप फोरमा पुगेका छन् । यी मध्ये एक जना अवको चरणमा वाहिरिने छन् भने बाकी रहने ३ जना मध्ये ग्रान्ड फिनालेबाट एक जना नेपाल आइडल घोषित हुनेछन् ।


सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388044 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top