Radio Tamsaling - 'ऐतिहासिक म्हेन्दोमाया साँझ' आज कतारमा भब्य हुदै...

'ऐतिहासिक म्हेन्दोमाया साँझ' आज कतारमा भब्य हुदै...

साङ्ग्युर तामसालिङ खबर प्रकाशित मिति: २०७४ भाद्र १६ शुक्रवार

भदौ १६, कतार :
प्रथम ऐतिहासिक मेन्दोमाया साझ-२०१७ आज कतारको गल्फ प्याराडाइज होटेलमा हुदै छ । भाषा, धर्म, लिपि भेषभुषा सस्कार र सस्कृतीको जगेर्ना म्हेन्दोमायाको अभियान भन्ने मुलनाराको साथ स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षणमा स्थापित म्हेन्दोमाया समाज कतारको प्रथम एतिहासिक म्हेन्दोमाया साझको लागि नेपालबाट आमन्त्रित सम्पुर्ण कलाकारहरु कतारमा पुगीसकेको छ ।

म्हेन्दोमाया समाज कतारले संस्थाको बार्षिक उत्सव तथा ईस्लामिकहरुको महान चाड बक्र इदको अवसर पारि सेप्टेम्बर १ तारीख शुक्रबारको दिन नेपालका चर्चित तथा ख्यातिप्राप्त सेलो एवम् म्हेन्दोमाया कलाकारहरुको साथमा  भरपुर मनोरन्जनको लागि दोहा कतारबासी तामाङ तथा गैर तामाङ सबैलाइ उपस्थितिको लागि अनुरोध गरेको छ ।



नेपालका आमन्त्रित अतिथि कलाकारहरुमा चर्चित म्हेन्दोमाया किङ सगर एस वाईबा, चर्चित सेलो गायक तथा संगीतकार बिशाल काल्तान, चर्चित म्हेन्दोमाया गायक सुमन घले डिन्डुब, चर्चित तामाङ नायिका रुपा एस घले तामाङ लगायत स्थानीय कलाकारहरु प्रदिप थिङ, कुमार ओखरेली ,रुस्टम तामाङ ,मोईराम तामाङ , सिर्जेन तामाङ लगायत दर्जनौं कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुतिहरु रहने छ ।



सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388038 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top