Radio Tamsaling - अमेरिकामा सम्पन्न आदिबासी चलचित्र महोत्सबमा लोम्बा उत्कृष्ठ चलचित्रको अवार्ड, 'सेम ताबा म्ही' दर्शकको रोजाईमा

अमेरिकामा सम्पन्न आदिबासी चलचित्र महोत्सबमा लोम्बा उत्कृष्ठ चलचित्रको अवार्ड, 'सेम ताबा म्ही' दर्शकको रोजाईमा

मनोरञ्जन तामसालिङ खबर प्रकाशित मिति: २०७४ भाद्र १५ बिहीवार

भदौ १५, अमेरिका :
नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले आयोजना गरेको 'नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव' न्युयोर्कमा सम्पन्न भएको छ । तीन दिनसम्म चलेको उक्त महोत्सबमा लघु चलचित्र सहित ११ वटा चलचित्र प्रदर्शन गरिएको थियो ।

प्रदर्शित चलचित्रहरुमा गुरुङ समुदायको मैरिमो र कर्म क्या, मगर समुदायको लोम्बा, नेवार समुदायको कृषा गौतामी, राइ समुदायको सुम्निमा, तामाङ समुदायको सेम ताबा म्ही, लिम्बु समुदायको हेलुक्वा तथा उपल्लो मुस्ताङ समुदायको प्रतिनिधित्व गर्ने शेरढाक  थियो भने पुवालो, फेके कल्ली गरि तीन वटा लघु चलचित्र प्रदर्शन गरिएको थियो ।    

महोत्सवमा मगर भाषाको कला र संस्कृतिमा आधारित चलचित्र लोम्वाले उत्कृष्ट चलचित्र अवार्ड हात पारेको छ । यस संगै नगद एक लाख र प्रमाण पत्र प्राप्त गरि नेपाल आदिवासी जनजाति चलचित्र अवार्ड जित्न सफल भएको हो । यसैगरी, लघु चलचित्रहरु नेवारको ‘कल्ली’ राक्ष् भाषको पुवालो, र मुगालको ‘फेके’, को प्रर्दशन गरिएको थियो । त्यस्तै, उत्कृष्ट नायकको उपाधी मुस्ताङ भाषाको चलचित्र शेरढाकका नायक छेवाङ रिञ्जिङ गुरुङले प्राप्त गरेका छन् । उत्कृष्ट नायिकाको उपाधी गुरुङ भाषाको चलचित्र मैरिमोकी नायिका सपना गुरुङले जितेकी छिन् ।

महोत्सवमा उत्कृष्ट कथाको उपाधी राइ भाषाको चलचित्र सुम्निमाका प्रविण पुमालाई प्रदान गरिएको छ । त्यस्तै तामाङ भाषी चलचित्र सेम तावा म्हीका राजकुमार मोक्तानले उत्कृष्ट संगीतक निर्देशको उपाधी आफनो पोल्टामा पारेको छ । महोत्सवमा उत्कृष्ट छायांकनको उपाधी "सेम तावा म्ही" को बिक्रम मोक्तानले हात पारे । यसैबीच, उत्कृष्ट सम्पादनको उपाधी कृष्णा गौतमीका बालकृष्ण बंशीले हात पारेको छ ।

उत्कृष्ट भेषभुषातर्फ, उपाधी लोम्वाका अनिल बुढा मगरले प्राप्त गरेका थिए । उत्कृष्ट चलचित्र निर्देशकको उपाधी पनि लोम्वाका अनिल बुढा मगरले नै प्राप्त गरेका छन । पब्लिक च्याईस अवार्ड सेम तावा म्हीले पाएको छ । उत्कृष्ट छोटो चलचित्रको उपाधी भने पुवालोले जितेको छ ।  

राज्य र मुलधारबाट सिमान्तकृत नेपालका आदिवासी चलचित्रहरु मार्फत आदिवासी जनजातिको, कला, भाषा, संस्कृति परम्परालाई संवद्र्धन गर्न, आदिवासी चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्दै अन्तर्रा्ष्ट्रियस्तरमा प्रबर्धनका लागि महोत्सव आयोजना गरिएको महोत्सबको संयोजक भच्छे गुरुङले जानकारी दिएको छ । महोत्सवले नेपालका आदिवासी जनजातिको हक अधिकार सवाललाई उजागर गर्दै पहिचानको मुद्धालाई स्थापित गर्न भइरहेको जनजातिको आन्दोलनलाई सघाउ पुग्न फिप्नाका अध्यक्ष लुइसाङ वाइवाले बताउनुभएको छ ।

अध्यक्ष वाइवाले भवियष्समा पनि यस्ता महोत्सव आयोजना गदैैै जाने जानकारी दिनुभयो । उहाँले, फिप्नाका सबै जातिय सदस्य संस्थाहरु लगायत सम्पूर्ण चलचित्रकर्मी, सहभागी सबैलाई महोत्सव सफल बनाउन सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे । यसैबीच, चलचित्र उपाधी वितरण गर्दा धाँधली भएको भन्दै केही चलचित्रकर्मीले कार्यक्रम स्थलमा नै विरोध गरेका थिए ।

आदिबासी चलचित्र महासंघ र ईन्डिजिनियस फिल्मस् अकाईभ (आईफा)को  सह-आयोजक रहेको महोत्सवमा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्क र नेपाल चलचित्र विकास बोर्ड बिशेष सहयोगी संस्थाको रुपमा रहेको थियो ।


सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388033 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top