Radio Tamsaling - जिल्ला लिग फुटबलको दुईवटा मैदानमा दैनिक ८ वटा खेल खेलाउने

जिल्ला लिग फुटबलको दुईवटा मैदानमा दैनिक ८ वटा खेल खेलाउने

खेलकुद तामसालिङ खबर प्रकाशित मिति: २०७४ भाद्र ११ आइतवार

भदौ ११, हेटौडा :
मकवानपुर जिल्ला फुटबलको इतिहासमा सबैभन्दा धेरै सहभागिता भएको आगामी भदौ १३ गतेबाट हेटौँडामा सुरु हुन लागेको जिल्ला लिग फुटबल प्रतियोगिताको अन्तिम तयारी भएको छ ।

मंगलबारबाट सुरु हुने प्रतियोगितामा जिल्ला भरका ४० वटा टिमको सहभागिता रहने भएपछि आयोजकलाई खेल कसरी ब्यवस्थापन गर्ने भन्ने समस्या परेको छ । आइतबार अपरान्ह खेल तालिका सार्वजनिक गर्ने तयारी रहेको जिल्ला फुटबल संघका राजकुमार श्रेष्ठले जानकारी दिए ।

हेटौँडाको औँद्योगिक क्षेत्रमा रहेको फुटबल मैदान तथा हुप्रचौरमा गरि दुई स्थानमा प्रतियोगिता हुने र दैनिक ८ वटा प्रतियोगिता खेलाईने तयारी गरिएको आयोजकको भनाई रहेको छ ।

पछिल्लो समयमा नेपालमा फुटबलको प्रतियोगिताहरु बढेको र मकवानपुरबाट आधा दर्जन खेलाडीहरुले राष्ट्रिय टोलिमा प्रतिनिधित्व गर्न थालेपछि मकवानपुरमा फुटबलको क्रेज बढेको हुनसक्ने फुटबल विश्लेषकहरुको दाबी रहेको छ ।




कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388053 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top