Radio Tamsaling - तामाङ फाउण्डेसनले बृहत सास्कृतिक कार्यक्रम गर्दै घोषणासभा सम्पन्न

तामाङ फाउण्डेसनले बृहत सास्कृतिक कार्यक्रम गर्दै घोषणासभा सम्पन्न

साङ्ग्युर तामसालिङ खबर प्रकाशित मिति: २०७४ भाद्र ११ आइतवार

भदौ ११, काठमाण्डौं ।
तामाङ भाषा, कला, संस्कृति, साहित्य र धर्मको रक्षाका उदेश्यले स्थापित तामाङ फाउण्डेसन नेपालले काठमाण्डौंमा बृहत सास्कृतिक कार्यक्रम गरि घोषणासभा सम्पन्न गरेको छ । कार्यक्रममा तामाङ भाषा साहित्य कला संस्कृति झल्किने विभिन्न झाँकी एवं गीतसंगीतहरु कलाकरहरुले प्रस्तुती गरेका थिए ।


तामाङ फाउण्डेशन नेपालले आफ्नो घोषण सभामा तामाङ ईतिहास र तामाङ दर्शनको बारेमा गहन अध्ययन एवं अनुसन्धानको लागि मुख्य भूमिका रहने जनाएको छ । 


तामाङको विषयमा विभिन्न विदेशीले गरेको अनुसन्धान एवं खोज केवल देखावटी मात्र भएको र यसले तामाङ ईतिहाँस र मौलीकतालाई समेट्न नसकेको जनाउँदै तामाङ आफैले आफ्नो विषयमा खोज एवं अनुसन्धान गर्ने जनाएको छ । कार्यक्रममा प्रमुख अतिथी पूर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ लालध्वजले तामाङको ईतिहाँसको सवालमा हामीले खोज एवं अनुसन्धान गर्न आवश्यक भएको वताउनुभएको थियो ।



काठमाण्डौंको टुडिखेलमा मात्र सिमित भएको ल्होछार दुरदराजको गाउँका घरघरमा पुञ्याउन महत्वपुर्ण काम गर्ने अध्यक्ष अरुण घिसिङले बताउनु भयो ।

 घोषणा सभामा तामाङ कथानक चलचित्र "ख्लासी अनिउ"को शुभ मुहर्त पनि भएको छ । तामाङ  दर्शनको प्रतिबेदन प्रस्तुत सस्थाको केन्द्रीय सदस्य सिङ मोक्तान, सस्थाको घोषणा पत्र प्रस्तुत सस्थाको केन्द्रीय सदस्य बाबुलाल स्याङ्तानबाट भएको थियो । all tamang

कार्यक्रमको सभापतीत्व संस्थाका अध्यक्ष अरुण घिसिङले गर्नु भएको थियो भने, स्वागत मनतब्य सस्थाको उपाध्यक्ष अल्फा लामा, तामाङ दर्शनको प्रतिबेदन प्रस्तुतिमा सस्थाको केन्द्रीय सदस्य सिङ्ग मोक्तान, सस्थाको घोषणा पत्र प्रस्तुतिमा सस्थाको केन्द्रीय सदस्य बाबुलाल स्याङ्तानबाट भएको थियो ।


कार्यक्रममा लोक गायक चन्द्र कुमार मोत्तान, संचार समूहको केन्द्रिय अध्यक्ष जगत दोङ, तेमाल गाउँपालीकाका अध्यक्ष सलाम सिंह तामाङ लगायतका बक्ताहरुले संस्थाको सफलताको शुभकामना दिएका थिए ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388051 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top