Radio Tamsaling - तामाङ फाउण्डेशन घोषणा सभा तथा सास्कृतिक कार्यक्रमको तयारी पूरा

तामाङ फाउण्डेशन घोषणा सभा तथा सास्कृतिक कार्यक्रमको तयारी पूरा

साङ्ग्युर तामसालिङ खबर प्रकाशित मिति: २०७४ भाद्र ०८ बिहीवार

भदौ ८, काठमाडौ :
तामाङ फाउण्डेशन नेपालको काठमाण्डौंमा ऐतिहासिक घोषणा सभा तथा बृहत साँस्कृतिक धमाकाको तयारी पूरा भएको छ ।

तामाङ भाषा, कला, संस्कृति, साहित्य र धर्मको रक्षाका लागि एेतिहासिक घोषणा सभा तथा बृहत साँस्कृतिक कार्यक्रम जमलस्थित राष्ट्रिय नाचघरमा यही भदौं ९ गते वृहत साँस्कृतिक कार्यक्रमको साथ फाउण्डेशको उदघाटन तथा घोषणा हुँदैछ ।
 
तामाङ कार्यक्रमहरुको तुलनामा फरक दृष्टिकोणको साथ घोषणा सभालाई ऐतिहासिक बनाउने विषयमा लागि परेकाछौं ।’ अध्यक्ष अरुण घिसिङले भने,‘ यस कार्यक्रममा तामाङ भाषा, साहित्य, कला, संस्कृति झल्किने विभिन्न झाँकी एवं संगीतको व्यवस्था गरेका छौं ।’

कार्यक्रममा तामाङ समुदायका ख्याती प्राप्त कलाकार एवं विशिष्ट कलाकरहरुको वेजोड प्रस्तुती रहने छ । कार्यक्रम राष्ट्रिय नाचघरमा भाद्र ९ गते विहान ११ बजेदेखि सुरु हुने जनाएको छ ।



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388059 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top