Radio Tamsaling - आज तामाङ प्रशारण दिवस, तामाङ मिडिया अवार्ड सूर्य र शक्तिमायालाइ प्रदान गरिने

आज तामाङ प्रशारण दिवस, तामाङ मिडिया अवार्ड सूर्य र शक्तिमायालाइ प्रदान गरिने

साङ्ग्युर तामसालिङ खबर प्रकाशित मिति: २०७४ भाद्र ०१ बिहीवार

भदौ १, काठमाडौ :
आज २३ औं तामाङ प्रसारण दिवस, मुलुकभर विभिन्न कार्यक्रम गरी मनाईदै छ । वि.सं. २०५१ साल भदौ १ गते रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण भएको दिनको सम्झनामा यस दिनलाई हरेक वर्ष तामाङ संचारकर्मी तथा तामाङ समुदायले तामाङ प्रसारण दिवसको रुपमा मनाउदै आएका छन् ।

प्रसारण दिवसको अवसरमा तामाङ संचार समूह केन्द्रिय कार्यसमितिले यस बर्षको तामाङ मिडिया अवार्ड रेडियो नेपालमा कार्यरत पत्रकार सुर्य मोक्तान र बिबिसी नेपाली सेवाकी सम्बाददाता तथा टिभि त्रिशुली नुवाकोटकी पत्रकार शक्तिमाया तामाङलाइ प्रदान गरिने भएको छ ।

बिशेष कार्यक्रम गरि उनीहरुलाई भदौ २ गते दिउँसो २ बजे सिटीम्याक्स सिनेमा हल बागबजारमा हुने कार्यक्रममा अवार्ड वितरण गरिने तामाङ संचार समूहको केन्दिय अध्यक्ष जगत दोङले बताउनु भयो ।

 कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकार तथा सूचना मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले अवार्ड वितरण गर्ने गर्ने कार्यक्रम रहेको छ ।



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388062 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top