Radio Tamsaling - पूर्वको अधिकाश जिल्ला डुबानमा : बिमानस्थल बिद्युत, खानेपानी र टेलीफाेनका सेवा ठप्प

पूर्वको अधिकाश जिल्ला डुबानमा : बिमानस्थल बिद्युत, खानेपानी र टेलीफाेनका सेवा ठप्प

प्रमुख समाचार तामसालिङ खबर प्रकाशित मिति: २०७४ श्रावन २८ शनिवार

साउन २८, इटहरी ।
शुक्रबार रातीदेखी परेकाे मुसलधारै बर्षाका कारण पूृर्वका अधिकांस जिल्लाहरू डुबानमा परेका छन । यसै बिच माेरङकाे बिराटनगर महानगरपालीकाका अधिकांस भुभागहरू बाढीका कारण जलमग्न बनेका छन ।

पर्यटकहरूकाे अाकर्षक बिन्दु बिराटनगर बिमानस्थल पनि बाढीका कारण डुबानमा परेकाे छ । डुबानकै कारण शनिबार बिहानैदेखी कुनै अान्तरीक उडानहरू हुन सकेकाे छैन । त्यसैगरी बाढीले बिद्युत लगायत टेलिकम र खानेपानीमा समेत क्षती पूर्याएकाे कारण सबै सेवा ठप्प बनेकाे छ ।

पूर्वको इलाम, झापा, मोरङ,सुनसरी,सप्तरी, उदयपुर र धनकुटा, मध्य क्षेत्रको रौतहट, सर्लाही, मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही र कपिलवस्तु तथा पश्चिमको कञ्चनपुर, कैलाली र बर्दियाका नदीमा पानीको सतहले खतराको तह पार गर्न सक्ने भएकाले सुरक्षित भएर बस्न शाखाले आग्रह गरेको हो ।

मेची, निन्दा, बिरिङ, कन्काई, पथरी, त्रियुगा, बुढी खोला, बागमती, पूर्वी राप्ती, रिउ खोला, विनय खोला, अरुण खोला, तिनाउ, बाणगंगा, मछेली, मोहना, बबई लगायतका नदीमा शनिबार बेलुका सम्म नै उच्च जोखिम छ ।

बाढीका कारण इटहरीका विभिन्न ठाउँका घर, पसल तथा कारखानामा ठूलो आर्थिक क्षती पुगेको छ । मानवीय क्षतीको समेत अनुमान गरिएको छ । मध्य रातमा एक्कासी बढेको पानीका कारण बुढी खोला किनारमा बस्ने केही मानिसलाई बगाएको हुन सक्ने अनुमान गरिएको छ । सुनसरी र मोरंगको सिमानामा पर्ने बुढी खोला किनारमा बसेका केही सुकुम्बासी वस्ती बाढीले बगाएको हो ।

बुढी खोलाको बाढीले महेन्द्र राजमार्ग उत्तरको गैरीगाउँका ३० बढी घर बगाएको छ । यस्तै दक्षिणको मल्लिक वस्तीका घरहरुसमेत बगाएको छ । अचानक बाढी पसेपछि राती नै मानिसहरु आत्तिदै गुहार मागिरहेका थिए । बिहान भने पानी केही घटेको छ । तर पनि अविरल वर्षा भइरहेकोले बाढी आउने त्रास अझै छ । बिहान भने सशस्त्र तथा जनपथ गरी ठूलो संख्यामा सुरक्षाकर्मीहरु उद्धार र राहतको लागि परिचालित गरिएका छन् ।



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388036 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top