Radio Tamsaling - मलेसियामा तीनसय प्रवासी प्रहरीको नियन्त्रणमा

मलेसियामा तीनसय प्रवासी प्रहरीको नियन्त्रणमा

प्रवास तामसालिङ् खबर प्रकाशित मिति: २०७४ श्रावन २७ शुक्रवार

साउन २७, क्वालालमपुर (मलेसिया) ।
मलेसियाको प्रहरीले आतङ्काबादी विरुद्धको पछिल्लो सुरक्षा कारबाहीका क्रममा तिन सय प्रवासीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका मध्ये कोही पनि आतङ्कवादीहरूको सम्पर्क व्यक्तिहरू नभएको स्थानीय सञ्चार माध्यमले बिहीबार जनाएका छन् ।

पक्राउ पर्नेमा विषेश गरेर नेपाल, यमन, पाकिस्तान, सिरिया, बङ्लादेश, भारत, प्यालेस्टाईन र सुडानका रहेका अधिकारीहरूले बताएका छन् । प्रहरीले ‘डिजिटल हव’को रुपमा चिनिने साईबरजयामा बुधबार रातीदेखि बिहीबार अबेरसम्म सुरक्षा कारबाही चलाएको मलेसियाको सरकारी समाचार संस्था बेर्नामाले जनाएको छ ।

एक जना उच्च प्रहरी अधिकारीले उनीहरूलाई प्रहरी मुख्यालयमा लगेर अनुसन्धान गरिएको र कसैको पनि कुनै आतङ्कबादी समूहसँग सम्पर्क भएको नदेखिएको जानकारी दिएका छन् । उनीहरू मध्ये ५७ जनासँग मलेसिया बस्ने बैध अनुमतिपत्र नभएको पाइएको छ ।

आतङ्बादी विरुद्धको सुरक्षा सतर्कता अप्नाउने क्रममा पछिल्ला केही दिनमा मात्रै झण्डै ४०० जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388035 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top