Radio Tamsaling - मालवाहक गाडी चक्रपथमा गुड्न नदिने

मालवाहक गाडी चक्रपथमा गुड्न नदिने

प्रमुख समाचार तामसालिङ खबर प्रकाशित मिति: २०७४ श्रावन २७ शुक्रवार

साउन २७, काठमाडौ :
उपत्यकाको चक्रपथमा मालबाहक सवारी साधन चलाउन नदिने भएको छ । सरकारले भदौ १ गतेबाट ट्रक, मिनिट्रकलगायत मालवाहक सवारीसाधन रिङरोडमा तोकिएको समय अवधिभित्र गुड्न प्रतिबन्ध लगाउने भएको छ ।

 यातायात विभाग र ट्राफिक प्रहरी महाशाखाले रिङरोडमा बिहान ८ देखि बेलुका ७ बजेसम्म लोड गाडी गुड्न नदिने निर्णय गरेका हुन् । अहिलेसम्म रिङरोडमा ट्रिपरलाई मात्र निषेध गरिएको थियो । अब ट्रक र मिनिट्रकले पनि रिङरोडमा आउन समय हेर्नुपर्ने भएको छ ।

यातायात विभागका अनुसार उक्त निर्णय पेट्रोल, ग्यास, पानीलगायत अत्यावश्यक सेवाको हकमा भने लागू हुनेछैन । ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनालले मालवाहक सवारीसाधनले गर्दा रिङरोडमा अत्यधिक जाम र दुर्घटना हुने गरेकाले यस्तो निर्णय भएको बताए । ‘यो व्यवस्था प्रभावकारी हुन्छ भन्नेमा विश्वस्त छौं,’ उनले भने, ‘यसले दुर्घटना पनि कम गर्ने अपेक्षा छ ।’
 
उपत्यकामा भित्रिने मालवाहक सवारीका लागि विभिन्न नाकामा पार्किङस्थल तोकिएको छ । पृथ्वी राजमार्ग हुँदै आउने मालवाहक सवारीलाई नौबिसे, अरनिको बीपी राजमार्गबाट आउनेलाई बनेपा र नुवाकोटबाट आउने साधनलाई झोर र मुडेमा पार्किङको व्यवस्था गरिएको छ ।



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388030 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top