Radio Tamsaling - नेतृत्व तहमा समावेसी उम्मेदवार बनाउन माग

नेतृत्व तहमा समावेसी उम्मेदवार बनाउन माग

प्रमुख समाचार तामसालिङ खबर प्रकाशित मिति: २०७४ श्रावन २७ शुक्रवार

साउन २७, काठमाडौ :
समावेसी सञ्चार अभियानले नेपाल पत्रकार महासंघको आगामी महाधिवेसनमा नेतृत्व तहमा समावेसी उम्मेदवार बनाउन माग गरेको छ ।

अभियानको काठमाडौंमा बिहिबार बसेको बैठकले आदिवासी जनजाति, दलित, महिला, मधेसी, मुस्लिम र अपांगता भएका पत्रकारहरुलाई नेतृत्व तहमा उम्मेदवार समेत नबनाउने गरेको पाइएको भन्दै सच्याउन माग गरेको हो ।

समावेसी कोटाबाहेकमा उम्मेदवार नै नबनाउने गरेको भन्दै अभियानले अध्यक्ष, महासचिव, कोषाध्यक्ष जस्ता पदमा समेत समावेसी ढंगले उम्मेदवार बनाउन माग गरेको हो ।

हेर्नुहोस विज्ञप्तिको पूर्ण विवरण :

समावेशी सञ्चार अभियान

प्रेस विज्ञप्ती

आगामी भदौ ४-५ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेसनप्रति समावेशी सञ्चार अभियानको ध्यानाकर्षण भएको छ । सम्पूर्ण पत्रकारहरुको साझा संस्थाको रुपमा स्थापित गर्दै अगाडि बढ्ने सन्दर्भमा पत्रकार महासंघलाई पूर्ण समावेशी बनाउनुपर्नेे हाम्रो अभियान जारी रहेको छ ।

महासंघलाई पूर्ण समावेसी बनाउनका लागि आगामी महाधिवेसनमा सबै पक्षबाट महासंघको नेतृत्व तहमा समावेसी उम्मेदवार बनाउन हामी ध्यानाकर्षण गराउन चाहन्छौं ।

महासंघको विधान कार्यान्वयनका लागि समेत नेतृत्व तहमै समावेसी उम्मेदवार उठाउनका लागि सबै पक्षसँग हामी जोडदार माग गर्दछौं । सम्पूर्ण आदिवासी जनजाति, मधेशी, दलित, महिला, मुस्लिम, अपाङ्गताको प्रतिनिधित्व गर्ने सबै संस्थाहरु एकजुट भएर अघि बढ्ने प्रतिवद्धता जनाउँदै सबै पक्षलाई यो अभियानमा साथ दिन आव्हान गर्दछौं ।


संयोजक
रेम विश्वकर्मा
अध्यक्ष
जागरण मिडिया सेन्टर

डण्ड गुरुङ
अध्यक्ष
नेपाल आदिवावसी जनजाति पत्रकार महासंघ

निर्मला शर्मा
अध्यक्ष
सञ्चारिका समूह नेपाल

बीपी साह
सचिव
मधेशी पत्रकार संघ

शुभेच्छा विन्दु तुलाधर
अध्यक्ष
क्रियाशील महिला पत्रकार

रविन थपलिया
अध्यक्ष
राष्ट्रिय अपाङ्ग पत्रकार संघ, नेपाल

अब्दुल्लाह मियाँ
अध्यक्ष
मुस्लिम पत्रकार संघ

मिति : २०७४-०४-२६



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388025 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top