Radio Tamsaling - फिफा वरियतामा नेपालको सुधार, ब्राजिल शीर्ष स्थानमा

फिफा वरियतामा नेपालको सुधार, ब्राजिल शीर्ष स्थानमा

खेलकुद तामसालिङ खबर प्रकाशित मिति: २०७४ श्रावन २६ बिहीवार

साउन २६, हेटौडा :
फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लिएर १ सय ६९ औँ स्थानमा पुगेको छ ।

फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लिएर १ सय ६९ औँ स्थानमा पुगेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गरेको हो ।

विश्व वरियतामा ९७ औं स्थानमा रहेको भारत दक्षिण एसियामा पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको माल्दिभ्स १४२ औं स्थानमा यथावत छ । यस्तै, दक्षिण एसियामा अफगानिस्तान १५६ औं स्थानमा रहँदा एक स्थान झारेको भुटान १६५  औं स्थानमा छ । नयाँ वरियतामा नेपाल भन्दा तल बंगलादेश १८९ , श्रीलंका १९७ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् ।

यस्तै जर्मनीलाई पछि पार्दै ब्राजिल विश्व वरियताको शीर्ष स्थानमा उक्लिएको छ । गएको महिना सार्वजनिक वरियतामा ब्राजिललाई पछि पार्दै जर्मनी पहिलो स्थानमा थियो ।  फिफाको नयाँ वरियताअनुसार नेपाल दक्षिण एसियामा भने पाँचौं स्थानमा यथावत रहेको छ ।

फिफाले जारी गरेको नयाँ बरियतामा ब्राजिल शिर्ष स्थानमा उक्लेको छ । ब्रजिलले जर्मनीलाई पछि पारेको हो । यस्तै जर्मनी ब्राजिल दोस्रो स्थानमा झरेको छ भने अर्जेन्टिना तेस्रो स्थनमा यथावत छ ।

त्यस्तै चौथोबाट क्रमशः स्विजरल्याण्ड, पोल्याण्ड, पोर्चुगल, चिली, कोलम्बिया, बेल्जियम र  फ्रान्स दशौंमा छन् ।



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388067 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top