Radio Tamsaling - जिसस मकवानपुरको नवनिर्वाचित पदाधिकारीद्धारा सपथ ग्रहण

जिसस मकवानपुरको नवनिर्वाचित पदाधिकारीद्धारा सपथ ग्रहण

प्रमुख समाचार तामसालिङ् खबर प्रकाशित मिति: २०७४ श्रावन २६ बिहीवार

साउन २६, हेटौडा :
गत साउन २३ गते जिल्ला समन्वय समिति मकवानपुरका निर्बाचित विजयी अध्यक्ष,उपाध्यक्ष सहित सदस्यहरुले बिहिबार सपथ ग्रहण गरेका छन् ।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले जिल्ला समन्वय समिति मकवानपुरका नवनिर्वाचित सभापति रघुनाथ खुलाललाई सपथ ग्रहण गराउनु भएको हो ।

आफ्नो सपथ ग्रहण पछि सभापति खुलालले बाँकी जिल्ला समन्वय समिति सदस्यहरुलाई सपथ गराउनु भएको थियो ।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजत कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडी, स्थानीय विकस अधिकारी नारायण मैनाली, हेटौँडा उपमहानगरपालिकाका मेयर हरीबहादुर महत लगायतको उपस्थिति रहेको थियो ।



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388022 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top