Radio Tamsaling - आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार तीन वरिष्ठ पत्रकारलाइ प्रदान गर्ने

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार तीन वरिष्ठ पत्रकारलाइ प्रदान गर्ने

प्रमुख समाचार तामसालिङ् खबर प्रकाशित मिति: २०७४ श्रावन २४ मंगलवार

साउन २४, काठमाडौ ।
स्थापना दिबसको अबसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट यस वर्ष तीन वरिष्ठ पत्रकारलाई सम्मान गर्ने भएको छ ।

पुरस्कार छनौट समितिले गरेको सिफारिस अनुसार फोनिज सचिवालय बैठकले तीन वरिष्ठ पत्रकारलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कृत वरिष्ठ पत्रकारहरुमा इकान्तिपुर डटकमका सम्पादक खिम घले, जनविश्वास साप्ताहिकका सम्पादक सञ्जय सन्तोषी राई र रेडियो नेपालका वरिष्ठ सञ्चारकर्मी रमिता रमिता लामा छन् ।

पुरस्कृत पत्रकारहरुलाई फोनिज स्थापना दिवस (साउन २७ गते) का दिन प्रदान गरिने छ । पुरस्कारको राशी जनही २० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388032 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top