Radio Tamsaling - फेसबुकमा भाइरल भइरहेकाे देबी ज्ञवालीको फाेटाेकाे वास्तविकता

फेसबुकमा भाइरल भइरहेकाे देबी ज्ञवालीको फाेटाेकाे वास्तविकता

प्रमुख समाचार तामसालिङ खबर प्रकाशित मिति: २०७४ श्रावन २४ मंगलवार

साउन २४, काठमाडौ :
भरतपुर महानगरपालिकाकाे मेयरमा माअाेवादी नेतृ रेणु दाहाल निर्वाचित भएकाे भाेलिपल्ट सामाजिक सञ्जाल फेसबुकमा एमालेबाट मेयरमा उम्मेदवारी दिएका देवी ज्ञवालीकाे एउटा फाेटाे सार्वजनिक भयाे ।

कुनै कार्यक्रममा बाेल्ने क्रममा खिचिएकाे उक्त तस्बिरमा झट्ट हेर्दा ज्ञवाली राेएकाे जस्ताे देखिन्छ ।

माअाेवादी-कांग्रेस निकट कार्यकर्ताले अहिले ज्ञवालीले पराजय व्यहाेरेपछि अायाेजित कार्यक्रममा सार्वजनिक रूपमै राेएकाे भन्दै उक्त फाेटाेकाे प्रचार गरिरहेका छन् । अहिले उक्त फाेटाे सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ ।

तर फाेटाेकाे वास्तविकता के हाे ? हामीले ज्ञवालीलार्इ साेध्दा अाफूलार्इ कमजाेर बनाउन खाेज्नेहरूले दुष्प्रचार गरेकाे बताए । उनलार्इ पनि याे फाेटाे कुन बेला कहाँ लिइएकाे हाे भन्ने चाहिँ ठ्याक्कै याद छैन । चुनावी प्रचारका क्रममा अायाेजित कार्यक्रममा सम्बाेधन गर्दै गर्दा उक्त फाेटाे लिएकाे उनकाे भनाइ छ ।

ज्ञवालीले उक्त तस्बिरमा देखिएकाे अाँसु नभइ पसिना भएकाे समेत बताए । उनी भन्छन्, ‘मलार्इ कमजाेर बनाउन खाेज्नेले दुष्प्रचार गर्याे, हराइएकाे निर्वाचन परिणामबाट म रूनुपर्ने बाध्यता छैन ।’ श्रोत: उज्यालो नेपाल 



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388024 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top