Radio Tamsaling - कतारले बिदेशीलाइ स्थायी रुपमा बसाउने

कतारले बिदेशीलाइ स्थायी रुपमा बसाउने

प्रवास तामसालिङ खबर प्रकाशित मिति: २०७४ श्रावन २३ सोमबार

साउन २३, हेटौडा :
छिमेकी देशहरुले कुटनैतिक सम्बन्ध तोडेपछि कतारले आप्रवासीका लागि स्थायी बसोबासका लागि नयाँ कानुन ल्याएको छ ।

कुटनैतिक सम्बन्ध तोडिँदा संकट बढ्दै जान थालेपछि कतारको मन्त्रीपरिषद्ले नयाँ कानुन ल्याएको हो । नयाँ कानुन अनुसार अब आप्रवासीले कतारमा स्थायी रुपमा बसोबास गर्न पाउनेछन् ।

आप्रवासीलाई कतारमा बस्न प्रोत्साहन गर्नका लागि नयाँ बसोबासको नीति ल्याइएको हो । तर सबै आप्रवासीले स्थायी बसोबासका लागि अनुमति पाउने छैनन् । दक्ष आप्रवासीले कतारको आन्तरिक मन्त्रालयमा बसोबासका लागि निवेदन दिनुपर्नेछ ।  नयाँ बसोबासको नियमले कतारका स्थानीय पछि आप्रवासीलाई प्रथामिकता दिएको छ ।

यो नियमले आप्रवासीलाई पनि कतारको निजामती सेवा, सैन्य र सम्पत्तिको स्वामित्व लिन पाउने व्यवस्था गरेको छ । साथै स्थानीयले जस्तै आप्रवासीले पनि शिक्षा र स्वास्थ्यमा पहुँच पाउने व्यवस्था गरिएको छ । कतारमा व्यापार गर्नका लागि स्थानीयसँग सहकार्य नगरी व्यापार गर्ने यो व्यवस्थाले छुट दिएको छ ।

सामान्यतया कतार, साउदी लगायतका खाडीका देशमा आप्रवासीले व्यापार गर्न र त्यहाँ बस्नका लागि स्थानीयसँग मिलेर लगानी गर्नुपर्ने अनिवार्य नियम छ ।



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388039 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top