Radio Tamsaling - सामाजिक सञ्जाल फेसबुकमा आतंक मच्चाइरहेको टेस्टोनी घातक एप्स कसरी हटाउने ? (हेर्नुस भिडियो)

सामाजिक सञ्जाल फेसबुकमा आतंक मच्चाइरहेको टेस्टोनी घातक एप्स कसरी हटाउने ? (हेर्नुस भिडियो)

सूचना प्रविधि तामसालिङ् खबर प्रकाशित मिति: २०७४ श्रावन २० शुक्रवार

साउन २०, काठमाण्डौ :
यसरी सामाजिक सञ्जाल फेसबुकमा आतंक मच्चाइरहेको टेस्टोनी डटकम निकै घातक एप्स हो । यसले फेसबुक प्रयोगकर्ताको निकै गोप्य म्यासेज समेत आफ्नो डाटामा कलेक्सन गरेर राखेको हुन्छ ।

‘एप एक्सेस गरेपछि सुरुमै सोधेको हुन्छ, फेसबुकसँग जोडिने हो भनेर ? यसरी जोडिँदा यो एपले प्रोफाइल भित्रै छिरेर सबै कुराहरु रिड गर्छ । इन्फरमेशन लिन्छ,’ कम्प्युटर इन्जिनियर तथा वेभ मास्टर दिपेन घले भन्छन्,‘यो अमेरिकाबाट नै चल्ने हो । यो प्रयोग गर्नु राम्रो होइन ।’ उनका अनुसार फेसबुक नै ह्याक हुने संभावना भने न्युन छ ।

तर अर्का विज्ञ कम्प्युटर प्रोग्रामर टुरुप संग्रौला भने फेसबुक प्रयोगकर्ताको आफ्नो एकाउन्ट नै खतरामा पर्ने तर्क गर्छन् । ‘यो सबै पैसाको खेलो हो । पैसा कमाउनका लागि यो एपको प्रयोग गरिएको हो । गुगल एड मार्फत पैसा कमाउनका लागि फेसबुक प्रयोग कर्तालाई पंगु बनाइएको हो,’ उनी भन्छन्,‘फेसबुक प्रयोगकर्ताको म्यासेजहरु हेर्दिनसक्छ । भाइरसको खतरापनि उत्तिकै हुन्छ । यो मुल रुपमा मार्केटिङ प्रपोज नै हो ।’

यस्ता एप्लिकेशन प्रयोग गर्नेहरुको जिज्ञासाको उत्तर समेत ‘¥यान्डमली’ मिलाएर राखिएको हुन्छ । त्यसैले अधिकांशको उत्तर समेत मिलिरहेको हुन्छ । ‘तपाईंलाई यो एपले डाक्टर बनाउँने पनि होइन, म्यादी प्रहरी बनाउने पनि होइन । उल्टै तपाईंको मुर्खतालाई प्रयोग गरेर गोप्य सुचना समेत चोरी हुने खतरा हुन्छ,’ उनी भन्छन्,‘आफू मुर्ख बनेपनि शेयर गरेर अरुलाई मुर्ख नबनाउनुस् ।’

कसरी हटाउने ?

सामाजिक सञ्जाल फेसबुकमा यस्तो एप्स आएर सताइरहन्छ भने राइट साइटमा रहेको बटन क्लिक गर्नुहोस् र टेस्टोनी डटकमलाई अनफलो गर्नुहोस् । या तलका केही भिडियो हेरेर समेत स्केप गर्न सक्नुहुनेछ ।


सम्बन्धित भिडियो



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388047 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top