Radio Tamsaling - नयाँ स्वाइन फ्लू काठमाडौंमा भेटियो

नयाँ स्वाइन फ्लू काठमाडौंमा भेटियो

स्वास्थ्य/जीवनशैली तामसालिङ खबर प्रकाशित मिति: २०७४ बैशाख ०५ मंगलवार

काठमाडौ, ५ बैशाख ।
काठमाडौंमा स्वाइन फ्लू भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले पुष्टि गरेको हो । यसको पुष्टि भए पछि एच वान एन वान् भाइरस नयाँ प्रकारको हुन सक्ने भन्दै चिकित्सकहरुले सचेतता अपनाउन आग्रह गरेका छन् ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेर बहादुर पुनले काठमाडौंमा देखिएको स्वाइन फ्लू नयाँ भएकोले विशेष सर्तकता अपनाउन आग्रह गरे । पहिले पहिले नेपालमा देखा परेको स्वाइन फ्लू क्यालिफोर्निया राज्यबाट आएको हुदाँ त्यले त्यति हानी नपु¥याए पनि अहिले अमेरिका, युरोप हुँदै भारतमा समेत देखा परेको मिचिगन स्ट्रेन नामक स्वाइन फ्लू नेपालमा समेत आएको हुन सक्ने अनुमान छ ।

करिब तीन हप्ता अघिमात्र काठमाडौंको एक निजी अस्पतालमा स्वाइन फ्लूकै कारण एक व्यक्तिको मृत्यु भएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै भर्ना भएका ३० वर्षीय पुुरुषमा पनि स्वाइनफ्लू संक्रमण भएको पुष्टि भएको छ ।

ज्वरोसहित छाती दुखेर अस्पताल भर्ना भएका उनमा स्वाइन फ्लु देखिएको अस्पतालले जनाएको छ । गत फाल्गुनको पहिलो साता ज्वरो आएर अस्पताल पुगेका ४० वर्षीय एक पुरुषमा पनि स्वाइन फ्लुको भाइरस भेटिएको थियो । सन् २००९ मा विश्वमा पहिलो पटक स्वाइन फ्लूको संक्रमण देखा परेको थियो । एच वान एन वान भाइरस सुँगुरबाट मानिसमा सर्ने हुदाँ यसलाई स्वाइन फ्लू भनिएको हो ।

स्वाइन फ्लुका विभिन्न प्रजातीमध्ये अमेरिकाको क्यालिफोर्निया शहरबाट फैलिएको क्यालिफोर्निया स्ट्रेन र मिचिगन शहरबाट फैलिएको मिचिगन स्ट्रेन प्रमुख दुई हुन् । क्यालिफोर्निया स्ट्रेनको तुलनामा मिचिगन स्टे्रन कडा प्रकारको स्वाइन फ्लू हो ।

दम, छातीको संक्रमण, मुटुका रोगी, अंग प्रत्यारोपण गरेका व्यक्तिहरुमा यसको जोखिम झन बढी छ’, सरुवा रोग विशेषज्ञ डा। पुनले भने, त्यसबाहेक सामान्य व्यक्तिमा पनि यसको जोखिम अन्य स्वाइन फ्लूको तुलनामा अझ बढी छ ।

लक्षणहरु

लगातार खोकी लाग्ने, घाँटी खसखसाउने, १० दिनसम्म पनि कडा ज्वरो आउने, यस्तै बालबालिकामा ज्वरोसँगै वान्ता हुने पखाला लाग्ने भएमा तत्कालै जाँच गराउनु पर्छ । स्वाइन फ्लू सरुवा रोग भएको हुदाँ सार्वजनिक ठाँउमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछ्यूँ गर्दा रुमालको प्रयोग गर्ने, साबुन पानीले राम्ररी हातमुख धुने, झोलिलो खानेकुरा सेवन गर्ने र स्वाइन फुलुको शंका लागेमा बेलैमा स्वास्थ्य परिक्षण गराएर पनि यो रोग लाग्नबाट बच्न सकिन्छ ।




कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388031 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top