Radio Tamsaling - एन्टिबायोटिक प्रयोगले क्यान्सरको खतरा

एन्टिबायोटिक प्रयोगले क्यान्सरको खतरा

स्वास्थ्य/जीवनशैली प्रकाशित मिति: २०७३ चैत्र २५ शुक्रवार

एजेन्सी
लामो समयसम्म एन्टिबायोटिक प्रयोग गर्ने व्यक्तिमा क्यान्सरको खतरा बढी हुने एक अध्ययनले देखाएको छ ।

लामो समयसम्म एन्टिबायोटिक प्रयोग गर्ने व्यक्तिको मलद्वारमा ट्युमर बढ्ने र त्यसले क्यान्सरको जोखिम बढाउने देखिएको अनुसन्धानकर्ताले बताएका छन् । 

एन्टिबायोटिकका कारण पेटमा रहेका किरा मर्ने क्रममा फेरबलद हुने भएकाले ट्युमर बढ्ने खतरा हुने र त्यो ट्युमर क्यान्सरको कारण बन्न सक्ने गुट् जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । 

एन्टिबायोटिक, ट्युमर र क्यान्सरबिचको सम्बन्धका बारेमा थप अनुसन्धानको खाँचो रहेकाले अहिले नै एन्टिबायोटिक लिन बन्द भने नगर्न अनुसन्धानकर्ताले आग्रह गरेका छन् । मलद्वारमा सानो मात्रामा ट्युमर बन्नु सामान्य मानिन्छ । तर एन्टिबायोटिकका कारण असामान्य अवस्थाको ट्युमर बढ्ने खतरा देखिएको हो ।

४० देखि ५० वर्षको उमेरमा लगातार दुई महिना वा त्यो भन्दा बढी एन्टिबायोटिक प्रयोग गर्नेमा असामान्य ट्युमर बढ्ने खतरा बढी देखिएको छ । 




कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388026 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top