Radio Tamsaling - नयाँ नम्बर पत्ता लाग्ने नेपाली एप्स

नयाँ नम्बर पत्ता लाग्ने नेपाली एप्स

सूचना प्रविधि प्रकाशित मिति: २०७३ चैत्र ११ शुक्रवार

तामसालिङ खबर
काठमाडौं । तपाईँको मोबाइलमा सेभ नभएको वा नचिनेको नम्बरबाट आएको फोन कसले गरेको हो भनेर सजिलै पत्ता लाग्ने एप्स नेपाली बजारमा सार्वजानिक भएको छ ।

कुनै नचिनेको नम्बरबाट आएको फोन होस् वा सेभ नगरेको नम्बर, तपाइँले यो एप्स डाउनलोड गर्नुभयो भने तपाइँलाई फोन गर्ने व्यक्तिको नाम सहजै पत्ता लगाउन सक्ने जनाएको छ ।

तपाइँको मोबाइलमा घण्टी बज्नासाथ कसले फोन गरेको हो भन्ने कुरा सहजै पत्ता लाग्छ । नेपालीले नेपालीकै लागि बनाएको यो एप्स नेपाली बजारमा पहिलो हो ।  नेपाली बजारमा पनि केही यस्ता एप्स छन् जो तपाइँको दैनिक जनजीवनमा महत्वपूर्ण सावित भएका छन् । अब तपाइँ सिधै गुगल प्लेस्टोरमा गएर नेपालीले नेपालीकै लागि बनाएको यो एप्स प्रयोग गर्न सक्नुहुनेछ ।

विश्व बजारमा एप्सको प्रतिष्पर्धा भैरहेका बेला नेपाली बजारमा पनि त्यस्तै खालका एप्सहरु सार्वजनिक हुने क्रममा मोबाइल प्रयोगकर्तालाई ध्यानमा राखेर "Nepal Caller : नेपाल कलर" गुगल प्लेस्टोरमा राखिएको हो । अहिले यो एप्लिकेसन एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध रहेको र यस एपले छिट्टै प्रयोगकर्ताको विश्वास जित्नेछ भन्ने आशा गरेका छौं ।

डाउनलोड कसरी गर्ने ?

तपाइँको मोबाइलमा रहेको गुगल प्ले स्टोरमा जानुहोस्,  "Nepal Caller"  सर्च गर्नुहोस् । अनि त्यसमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुनेछ । डाउनलोडका लागि यो लिंकमा पनि जान सक्नुहुनेछ https://goo.gl/Iix2LN




कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388018 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top