Radio Tamsaling - पिप्ले क्याम्पा गोल्डकपमा चौधरी ११ विजयी

पिप्ले क्याम्पा गोल्डकपमा चौधरी ११ विजयी

खेलकुद प्रकाशित मिति: २०७३ चैत्र ०४ शुक्रवार

हेटौडा : हेटौँडामा जारी सुरु भएको रोहनी हाउजिङ पिप्ले क्याम्पा गोल्डकप फुटबल प्रतियोगिताको आज भएको खेलमा चौधरी ११ बारा बिजयी भएको छ । हेटौँडाको क्याम्पाडाँडा मैदानमा जारी प्रतियोगितामा चौधरीले हर्दी युवा समाज चितवनलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

चौधरीको लागि एकमात्र विजयी गोल पहिलो हाफको ३० औ मिनेटमा विवेक चौधरीले गरे । निकै प्रतिस्पर्धात्मक खेलमा त्यसपछि कुनैपनि गोल भएन र खेल चौधरीले जित्यो । 

गोल्डकप अन्र्तगत भोलीको खेल आयोजक पिप्ले युवा क्लब र बाराको रतनपुर यूथपबिच हुने पिप्ले युवा क्लबका सचिब दिपेन्द्र ढकालले बताए । चैत्र १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मकवानपुर, बारा, पर्सा, चितवन र रौतहटका १० टिमको सहभागिता रहेको आयोजक पिल्ले युवा क्लबका प्रशिक्षक सुविन घिमिरेले बताए ।

 प्रतियोगिताको प्रथम हुनेले नगद १ लाख र उपविजेताले ५० हजार नगद तथा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उत्कृष्ट खेलाडीले १५ हजार र विधागत उत्कृष्ट खेलाडीहरुले जनही ५ हजारको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।  




कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388060 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top