Radio Tamsaling - पत्रकार नेत्र तामाङ्को बाल कथा बजारमा'

पत्रकार नेत्र तामाङ्को बाल कथा बजारमा'

साहित्य प्रकाशित मिति: २०७३ फागुन २९ आइतवार

काठमाडौं । नेपाली बाल साहित्यमा कलम चलाउँदै आएका पत्रकार नेत्र तामाङ लिखित दुई बाल कथा किताब ‘बहुलाएको रुख’ र ‘बोजराज र बाउन्ने’ बजारमा आएको छ । डेनिस र नेपाली बालसाहित्यकारहरुको ‘बाल आकाश’ अभियानको सहयोगमा दुबै कृति कथालय प्रकाशनले बजारमा ल्याएको हो । दुबै किताबमा भूकम्पसम्बन्धी कथा रहेका छन् ।

पर्वतका विभिन्न विद्यालयका विद्यार्थीहरुको मनोभावनामा आधारित किताब ‘बहुलाएको रुख’ सचित्र बाल कथा हो । यसलाई बाल साहित्यकार कृष्णदीप सिग्देलले सम्पादन गरेका छन् भने समित श्रेष्ठको चित्र रहेको छ । १५ पृष्ठको किताबको मुल्य १०० रुपैयाँ तोकेको छ ।

‘बोजराज र बाउन्ने’ भने ५० पृष्ठको रहेको छ । यसलाई डा रामप्रसाद ज्ञवालीले सम्पादन गरेका छन् भने सन्दीप कडेलको चित्र रहेको छ । च्याप्टर किताबका रुपमा बजारमा आएको यसको मुल्य १०० रुपैयाँ तोकेको छ ।  यसअघि तामाङका दुई बालचित्र कथा ‘हजुरआमालाई उपहार’ र ‘कालो बिरालो’ प्रकाशित छन् ।




कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388045 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top