Radio Tamsaling - शनिबार नेपाल र केन्याबीच विश्व क्रिकेट लिगको खेल हुदै

शनिबार नेपाल र केन्याबीच विश्व क्रिकेट लिगको खेल हुदै

खेलकुद प्रकाशित मिति: २०७३ फागुन २६ बिहीवार

काठमाडौ : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत शनिबार नेपाल र केन्यबीच हुने खेलको सम्पूर्ण तयारी पूरा भएको छ । च्याम्पियनसिप लिगमा खेलाडीको प्रस्तुतिदेखि कीर्तिपुरको खेलमैदान मर्मतसम्मको तयारी पूरा भएको हो ।

च्याम्पियनसिपअन्तर्गत नेपालले कीर्तिपुरको घरेलु मैदानमा शनिबार र सोमबार केन्यासँग प्रतिस्पर्धा गर्दैछ । च्याम्पियनसिप लिगअन्तर्गतको पाँचौ चरणको खेलमा नेपाल केन्यसँग भीड्न लागेको हो । भारतको नोयडामा साता लामो प्रशिक्षण गरेर फर्किएको नेपाली टोलीले त्रिवि मैदानमा अभ्यास गरिरहेको छ । नेपाली टोलीको नेतृत्व पारस खड्काले गर्ने छन् ।

घरेलु मैदानमा जित्नै पर्ने दबावमा खेल्ने नेपाली टोलीमा अहिले सबै सिनियर खेलाडी रहेका छन् ।  नेपालले केन्यासँगको खेलपछि हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।




कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388058 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top