Radio Tamsaling - सुनगाभालाई 'आँचल नारी साहित्य सम्मान' द्वारा सम्मानित

सुनगाभालाई 'आँचल नारी साहित्य सम्मान' द्वारा सम्मानित

साहित्य प्रकाशित मिति:

तामसालिङ खबर
फागुन २१, हेटौडा : पछिल्लो समयको चर्चित साहित्यकार बिना थिङ 'सुनगाभा'लाई ' आँचल नारी साहित्य सम्मान' द्वारा सम्मानित गरिएको छ । १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार हेटौंडामा भएको 'एकल कविता वाचन तथा काव्य विमर्श'मा उनलाई सम्मान गरिएको थियो ।

'आँचल साहित्य कला पुञ्ज, मकवानपुरले आयोजना गरेको सो कार्यक्रममा उनले आफ्ना चर्चित १२ कविताहरु प्रस्तुत गरेका थिईन् । 

'बहुभाषिक राष्ट्रिय कविता गोष्ठी'मा 'मेतिपतिप' शिर्षकको तामाङ भाषाको नेपाली संस्करण सहितको कविता वाचन गरेर प्रथम भएकी सुनगाभा एक भाषा, सस्कार सस्कृति र नारीवादी, पहिचानबादी कवि हुन् ।  मकवानपुरमै हुर्केकी कवि तथा कथाकार सुनगाभाको यो दोस्रो एकल कविता बाचन हो । 

कार्यक्रममा प्राध्यापक तथा साहित्यकार निमेष निखिलले कबि सुनगाभाले बाचन गरेको कबिता माथि समिक्षा गर्नु भएको थियो भने सस्थाको आजीवन सदस्यहरुलाई मायाको चिनो दिएर सम्मान गरेको थियो । 

कार्यक्रममा महिला तथा बालबालिका कार्यालय मकवानपुरको प्रमुख शोभा शाहको प्रमुख आतिथ्यतामा तथा आँचल साहित्य कला पुञ्जको अप्सरा तिमल्सिनाको अध्यक्षमा सम्पन्न भएको थियो । 




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388017 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top