Radio Tamsaling - सुनगाभाको एकल कबिता बाचन हेटौंडामा हुने

सुनगाभाको एकल कबिता बाचन हेटौंडामा हुने

साहित्य प्रकाशित मिति:

तामसालिङ खबर
फाल्गुन, हेटौडा : नेपाली साहित्य जगतको चर्चित कवि बिना तामाङ 'सुनगाभा'को एकल कविता वाचन पुन: हेटौंडामा हुने भएको छ । वि.सं. २०७१ मा हेटौंडामा भएको 'बहुभाषिक राष्ट्रिय कविता गोष्ठी'मा 'मेतिपतिप' शिर्षकको तामाङ भाषाको नेपाली संस्करण सहितको कविता वाचन गरेर प्रथम भएकी सुनगाभा फागुन २१ गते आफ्नो एकल कविता वाचनका साथमा हेटौंडामा आउन थालेकी हुन् ।

समसामयिक साहित्यको प्रतिनिधी कवि बिना तामाङको एकल कविता वाचन तथा विमर्श कार्यक्रम अन्तरास्ट्रिय महिला दिवसको अवसरमा यही मार्च ८ गते मकवानपुरको हेटौडामा आँचल साहित्य कला पुञ्जले आयोजना गर्न लागेको सचिव अनिता न्यौपानेले जानकारी दिनुभयो ।

समसामयिक साहित्यको प्रतिनिधी कवि बिना तामाङको रातो घर कृति पनि प्रकाशित भईसकेको छ । बिहान ११ बजे साहित्य सङ्गम मकवानपुरको भवनमा हुने कार्यक्रममा आयोजकले सम्पूर्ण साहित्यकार तथा साहित्य अनुरागीहरूलाई उपस्थित हुन अपिल समेत गरेको छ । मकवानपुरमै हुर्केकी कवि तथा कथाकार सुनगाभाको यो दोस्रो एकल कविता बाचन हो ।




कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388046 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top