Radio Tamsaling - महेन्द्र मावि छतिवनलाइ राष्ट्रपति रनिङ शिल्डको उपाधि

महेन्द्र मावि छतिवनलाइ राष्ट्रपति रनिङ शिल्डको उपाधि

खेलकुद प्रकाशित मिति:

तामसालिङ खबर
फागुन, हेटौडा : मकवानपुरको हेटौँडामा जारी सातौँ राष्ट्रपति रनिङ शिल्ड छतिवन गाविसको महेन्द्र माविले जितेको छ । भलिवल, एथलेटिक्स र कव्वडीमा प्राप्त मेडलका आधारमा कुल एक सय ७६ अंक ल्याई महेन्द्र माविले उपाधिमा कब्जा जमाएको हो ।

यस्तै छतिवन भिरकोटको जनक मावि १ सय ४५ अंक ल्याई दोश्रो र गत वर्षको विजेता छतिवन हात्तिसुढेको वुद्ध मावि १०१ अंकका साथ तेश्रो भएको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जनाएका छन् ।

मार्सल आर्टका खेलमा अंक नदिईने भएकाले भलिवल, एथलेटिक्स र कव्वडीका खेल सकिए संगै रनिङशिल्ड प्रदान गरिएको हो । कव्वडीको छात्र तर्फ हेटौडा १० को ज्ञानदा मावि प्रथम हुदा वालजागृती युवा वर्ष द्धितीय भएको छ । 

यस्तै महेन्द्र मावि छतिवन र जनक मावि भिरकोट तृतीय भएका छन । यसै गरि कव्वडीमै छात्रा तर्फ भोजसिद्ध मावि हाँडीखोला प्रथम भयो भने महेन्द्र मावि छतिवन द्धितीय र वालजीवन ज्योती मावि हाँडीखोला र सूर्योदय मावि सरिखेत तृतीय भएका छन । यस्तै छात्र भलिवलमा वज्रवाराही मावि प्रथम,रुपनारायण मावि वुद्धीचौर द्धितीय र नाटेश्वर मावि टौखेल तथा जनप्रीय मावि हटिया तृतीय भएका छन ।

यस्तै छात्रा भलिवलमा हेटौडा ९ को श्रीकृष्ण आर्दश वोर्डिङ मावि प्रथम भएको छ भने महेन्द्र मावि छतिवन द्धितीय र वुद्धमावि हात्तिसुढे तथा वसामाढीको अरनिको मावि तृतीय भएका छन । यस्तै उत्कृष्ट खेलाडीहरुमा कव्वडी तर्फ ज्ञानदाका सुमन नेपाली र महेन्द्र माविकी सुनिता गोले , एथलेटिक्स तर्फ जनक मावि भिरकोटका सन्तराम माझी र रन्जिता फुयाल  तथा भलिवलमा  वज्रवाराहीका देवेन्द्र विडारी र कृष्ण आर्दशकी विपीसा श्रेष्ठ उत्कृष्ठ खेलाडी घोषित भएका छन ।

विजेता खेलाडी तथा विद्यालयहरुलाई सासंद राजाराम स्याङतानले पुरस्कार शिल्ड र मेडल तथा नगद पुरस्कार प्रदान गर्नुभयो । प्रथम हुने विद्यालयले नगद १५ हजार सहित रनिङशिल्ड , दोश्रो हुनेले नगद १२ हजार  र तेश्रो हुनेले नगद ९ हजार सहिति ट्रफी प्राप्त गरेका छन । पुरस्कार वितरण समारोह जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाको अध्यक्षतामा भएको हो । मार्सल आर्ट तर्फका खेलहरु भने यही महिना भित्र सम्पन्न गरिने समिति प्रमुख दाहालले जानकारी दिए ।  




कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388037 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top