Radio Tamsaling - अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा भव्यताका साथ मनाइयो

अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा भव्यताका साथ मनाइयो

साहित्य प्रकाशित मिति:

अमिर योञ्जन तामाङ
फाल्गुन ११, काठमाडौं : अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा राष्ट्रिय मातृभाषा कविता महोत्सव मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्यताका साथ सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको उक्त महोत्सवमा ७३ वटा कविता दर्ता भएकोमा ४२ वटा मातृभाषाका कविता छनौट भएको थियो ।

महोत्सवमा प्रमुख अतिथि बरिष्ठ साहित्यकार नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्वउपकुलपति बैरागी काइँला हुनुहुन्थ्यो । ‘मातृभाषालाई सरकारले समान व्यबहार नगरेकोले अन्तर्राष्ट्रिय मातृभाषा दिवसलाई आन्दोलनको रुपमा मनाउनु परेका बताउनुभयो ’ भन्नु भयो । महोत्सवलाई स्वागत मन्तव्य मातृभाषा विभाग प्रमुख प्रज्ञा श्रवण मुकारुङले राख्नुभएको थियो । वाचनमा चार भाषाका कविहरु अनुपस्थित भएको जानकारी दिएका थिए ।

तामाङ, भोजपुरी, लिम्बु, सुनुवार, नेपालभाषा, मैथिली, बान्तावा, थारु, मगर, वाम्बुले लगाययत ४० वटा मातृभाषाका कविताहरु वाचन गरेका थिए । अतिथि कविद्धय शैलेन्द्र सिम्खडाले तामाङ भाषा र मुक्तिनाथ घिमिरेले दुरा भाषामा कविता वाचन गर्नु भएको थियो । त्यसैगरी तामाङ भाषामा रुपक ‘जमरा’ ग्लान र रन्जना मोक्तानले वाचन गरेका थियो ।  विभिन्न जातिको झाँकी र्यालीले कमलादी, रत्नर्पाक, बागबजार, पुत्तलीसडक हुँदै प्रज्ञाप्रतिष्ठानमा पुगेर औपचारिक कार्यक्रम शुरु भएको थियो । 

प्रमुख अतिथि वरिष्ठ साहित्यकार बैरागी काइलाले दीप प्रज्ज्वलन गरी कार्यक्रमको उदघाटन गर्नुभएको थियो । सोहीक्रममा उहाँले मातृभाषालाई सरकारले समान व्यबहार नगरेकोले अन्तर्राष्ट्रिय मातृभाषा दिवसलाई आन्दोलनको रुपमा मनाउनु परेको बताउनु भयो । कविता महोत्सव सुरुहुनु अघि  विभिन्न जातजाति एंव मातृभाषी समुहको पहिचान सहितको भेषभूषा, साँस्कृतिक विशेषता झल्कने बाजागाजा सहितको प्रभातफेरी निस्केको थियो । प्रभातफेरी प्रज्ञा भवन कमलादीबाट घण्टाघर, बागबजार, पुतलीसडक हुदै प्रज्ञा भवनको प्रेक्षालयमा आइपुगेको थियो ।

महोत्सवलाई प्रमुख अतिथिले उद्घाटन पछि गायिका धनकुमारी घिसिङले तामाङ भाषाको ‘तामाङ फापारे’ गीत प्रस्तुतिबाट सुरुवात भएको थियो । त्यसलगतै तामाङ भाषामा काभ्रेका रञ्जना मोक्तान, सिन्धुलिका रुपक जमरा, पर्साका भोजपुर भाषामा पार्साका आनन्द गुप्ता, धिमाल भाषामा काठमाडौंकी मोनालिसा तेङमाली धिमाल र राई, लिम्बु, दुरा, गुरुङ, कुमाल, थामी लगायत ३८ जना मातृभाषीका कविता वाचन गरेको थियो ।

कविता महोत्सवमा प्रमुख अतिथि काइँला, विशेष अतिथि युरेसिया कल्चर फोरम (दक्षिण कोरिया)का अध्यक्ष हङ् थेँ सिक, महासचिव दायकि जुङ, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरी, विभागीय प्रमुख प्रा. श्रवण मकारुङ लगायतका अतिथिहरु थियो । नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा.विष्णुविभु घिमिरेको सभापतित्वमा सम्पन्न भएको हो ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388041 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top