• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:03:02

ताजा खबर

खेलकुद

बिपी कप बकैया गाउँपालिकाको कब्जामा, उपविजेता ४ नम्बर वडा हेटौडा 

  • २०७५ पौष १७ मंगलबार १०:०३:०२    तामसालिङ खबर
  • तामसालिङ खबर 
    हेटौडा
    : हेटौंडामा सञ्चालन भएको प्रथम बिपी कप फुटबल प्रतियोगिताको उपाधि नेपाली कांग्रेस बकैया गाउँपालिकाले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा भएको प्रतियोगिताको उपाधि भिडन्तमा कांग्रेस हेटौंडा-४ नम्बर वडालाई २-० गोल अन्तरले हराउँदै बकैया विजयी भएको हो । 

     

    बकैयालाई जिताउने क्रममा पहिलो हाफको १८ औं मिनेटमा भगत माझीले र दोस्रो हाफको १८ औं मिनेटमा सुरेश थिङले गोल गरे । सुरेशको प्रहार ४ नम्बर वडाका खेलाडीलाई लाग्दै पोष्टको दिशा लिएको थियो । प्रथम भएको बकैयाले नगद ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा हेटौंडा-४ नम्बर वडाकाले २५ हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि बकैयाका सुरेश थिङ घोषित् भए ।

     

    उत्कृष्ट फरवर्ड, डिफेण्डर र किपर क्रमश: बकैयाको भगत माझी, विकास वाइबा र विक्रम नेगी घोषित भए । उत्कृष्ट मिडफिल्डरको उपाधि भने ४ नम्बर वडाका भीम लामाले पाए । उनीहरुलाई नगद दुईहजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिएको थियो ।

     

    प्रतियोगिताका विजयी तथा उत्कृष्ट खेलाडीलाई नेपाली कांग्रेस केन्द्रीय सदस्य गुरुप्रसाद घिमिरे, कांग्रेस मकवानपुर सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष सविन भट्टाचार्य लगायतले पुरस्कार वितरण गरेका हुन् ।

     

    ४३ औं मेलमिलाप दिवसको सन्दर्भमा खेलकुद संघले भ्रातृत्वको विकास र खेलाडी उत्पादनको लागि भन्दै प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १९ वडा, मकवानपुरका ८ गाउँपालिका र थाहा नगरपालिकाको टिमको सहभागिता रहेको थियो । 

    प्रतिकृया दिनुहोस

    सोमबारदेखि हेटौडामा राष्ट्रिय महिला हक्की प्रतियोगिता हुँदै

    तामसालिङ खबर   हेटौडा: नेपाल हक्की संघ काठमाडौंको आयोजनामा सहाना प्रधान स्मृतिमा राष्ट्रिय महिला हक्की प्रतियोगिता सोमबार देखि हेटौंडामा हुने

    टी-२० महिला स्म्याशमा’ नेपाल सेमिफाइनलमा

    तामसालिङ खबर  थाइल्याण्डमा जारी टी-२० महिला स्म्याश क्रिकेटमा नेपाली महिला टोली समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । समूह चरणको

    नेपालको नाम चम्काउने बडी बिल्डर महर्जनको भव्य स्वागत 

    तामसालिङ खबर  काठमाडौँ । विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाएका बडि बिल्डर महेश्वर महर्जनको भव्य

    बसन्तपुरको सुर्यकिरण युवा क्लबलाई खेल सामग्री बितरण 

    तामसालिङ खबर  हेटौडा (मनहरी): खेलाडीहरुलाई हौसला दिने उद्येश्यले मनहरी ५ बसन्तपुरको सुर्यकिरण युबा क्ल्बलाइ बिजय दशमीको अबसरमा जर्सी तथा खेलकुदमा

    नेपाल बंगबन्धु गोल्डकप खेल्ने सम्भावना न्यून 

    तामसालिङ खबर  काठमाडौ: बंगलादेश फुटबल संघको आयोजनामा अर्को महिना हुने बंगबन्धु गोल्ड कपको आयोजना मिति र समूह विभाजन तय भइसकेको छ ।  तर प्रतियोगिता

    साफ च्याम्पियनसिप फुटबलमा नेपालको दुई रेकर्ड

    तामसालिङ खबर  हेटौडा: बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल सेमिफाइनल पुगिसकेको छ । नेपालले अन्तिम चारमा माल्दिभ्स