• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:02:41

ताजा खबर

साङ्ग्युर

ल्होछारको अबसरमा लमजुङमा तामाङ सांस्कृतिक महोत्सव हुने

  • २०७५ पौष १७ मंगलबार १०:०२:४१    तामसालिङ खबर
  • तामसालिङ खबर 
    लमजुङ्
    : २८५५ फाग ल्हो (बदेल वर्ग) सोनाम ल्होछारको अवसरमा लमजुङमा दोस्रो तामाङ सांस्कृतिक महोत्सव २०७५ हुने भएको छ । तामाङ जातिको सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा तामाङ सांस्कृतिक महोत्सव हुन लागेको छ । नेपाल तामाङ घेदुङ जिल्ला कार्यकारिणी समिति लमजुङले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी महोत्सवको बारेमा जानकारी गराएको हो ।


    महोत्सव माघको १६ गते देखि बेसीसहरको फूलबारीमा हुने महोत्सबमा ‘भाषा, धर्म, संस्कृति तामाङको पहिचान, उत्पादन निर्माण र समृद्धि हाम्रो साझा अभियान’ भन्ने मूल नाराका साथ दोस्रो तामाङ महोत्सवको आयोजना गर्न लागिएको नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति लमजुङका अध्यक्ष अजय तामाङले बताए ।

     

    तामाङ जातिको लोप हुन लागेको संस्कृतिलाई संरक्षण, सम्बर्दन र प्रबर्दन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको अध्यक्ष तामाङले बताए । उत्पादन, निर्माण र सम्वृद्धिको आधारमा नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्नका लागि महोत्सव गर्न लागेका छौँ अध्यक्ष तामाङले भने । 

     

    महोत्सवमा तामाङ जातिको फोटो प्रदर्शनी, लामा संग्रालय, तामाङ सांस्कृतिक सङ्ग्रहालय, बोम्बो सङ्ग्रहालय, तामाङ जातिको लिपिबद्ध सामग्रीको पुस्तकालय, तामाङ खाना परिकार, तामाङ पत्रकारका लागि प्रशिक्षण, लामा प्रशिक्षण, ताम्बा प्रशिक्षण लगायत कार्यक्रम गरिने बताएको छ ।

     

    महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकार साथै प्रथम नेपाल आइडल बुद्ध लामाको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ । जिल्लाभित्रका सम्पूर्ण तामाङ जातिलाई एकताको सुत्रमा बाँध्न पनि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा छ ।


    महोत्सव सफल पार्नका लागि ६१ सदस्यीय मूल आयोजक समिति र विभिन्न १२ वटा उपसमितिहरू गठन गरीएको छ । महोत्सवको अवसरमा तामाङ लोकसंस्कृतिमा आधार विभिन्न संस्कृति तथा कला, गीत र नृत्यको समेत प्रदर्शन गरिने तामाङ घेदुङका केन्द्रीय सदस्य सावित्री तमाङले बताइन् । 

     

    महोत्सवमा तामाङको सस्कृति झल्कने नाचहरू मेन्दोमाया, सेलो नाच, बम्बो नाच, लामा नाच तथा तम्बा नाचको विशेष प्रस्तुति रहने नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका उपाध्यक्ष हरिजंग तामाङले बताए ।

     

    महोत्सवमा ६ लाख खर्च हुने र १५ लाख आम्दानी गरीने आयोजकको अपेक्षा छ । महोत्सवमा ३० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव स्थलमा तामाङ जातीको पहिचान खुल्ने ९ वटा स्टल समेत राखीने भएको छ । स्रोत: नया पत्रिका

    प्रतिकृया दिनुहोस

    हेटौँडामा गोले तामाङ वंशज उत्थान समाजले सोनाम ल्होछार मनाउने

    तामसालिङ खबर  हेटौडा: तामाङ् समुदायको सास्कृतिक पर्ब २८५५ फाग ल्हो (बदेल बर्ग) सोनाम ल्होछारको अबसरमा गोले तामाङ वंशज उत्थान समाज मकवानपुरले बिबिध

    ठूलोथलीमा ल्होछारको बृहत सास्कृतिक कार्यक्रम हुने

    तामसालिङ खबर  हेटौडा:  मकवानपुरको हेटौँडा १३ पदमपोखरी ठूलोथलीमा ल्होछारका अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको महान

    चौथो सस्करणको मिस तामाङ पोखराको तयारी तिव्र, माघ १२ गते ग्राण्ड फिनाले हुने

    तामसालिङ खबर  पोखरा: चौथो सस्करणमा चलिरहेको मिस तामाङ पोखरा २०१९ को तयारी तिव्र पारिएको छ । बैदाम तामाङ समाज पोखराको आयोजनामा भैरहेको मिस तामाङ

    हेटौडामा प्रथम सोनाम ल्होछार महोत्सब हुने

    तामसालिङ खबर  हेटौडा: तामाङ समुदायको महान सास्कृतिक पर्ब २८५५ फाग ल्हो (बदेल बर्ग) सोनाम ल्होछारको अबसरमा प्रथम ल्होछार महोत्सब हुने भएको छ । बिगतको

    ल्होछारको अवसरमा बहराइनमा सास्कृतिक कार्यक्रमको तिब्र तयारी 

    तामसालिङ खबर   बहराइन । तामाङ समुदायको २८५५ फाग-ल्हो सोनाम ल्होछारको अवसरमा बहराइनमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ सेवा समाज

    कबि थेबाको 'अखण्ड आलाप' लाई गणेश लक्ष्मीदेबी पन्त पुरस्कार  

    तामसालिङ खबर  हेटौडा: साहित्य संगम चितवनले 'गणेश तथा (हस्तकुमारी) लक्ष्मी देबी पन्त पुरस्कार-२०७५' बाट कबि मोक्तान थेबालाई प्रदान गर्ने निर्णय