• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:02:12

ताजा खबर

साङ्ग्युर

तामाङ साेसाइटी अमेरिकाले पचास हजार डलरकाे आपत्तकालिन काेष स्थापना गर्दै

रकम सोचेको भन्दा दोब्बर बढ्यो अध्यक्ष: लामा    

  • २०७५ पौष १७ मंगलबार १०:०२:१२    तामसालिङ खबर
  • तामसालिङ खबर  
    न्युयाेर्क
    । उत्तर अमेरिकामा रहेका आफ्नाे समुदायका सदस्यहरूलाई आपत्तकालिन अवस्थामा सहयाेग गर्न तामाङ साेसाइटी अफ नर्थ अमेरिकाले ५० हजार अमेरिकी डलरकाे आपत-विपत कोष बनाएकाे छ । काेषका लागि साेसाइटीले सय जना सँग प्रति व्यक्ति पाँच सय डलर चन्दा संकलन गर्ने र उनीहरूलाई काेषकाे सस्थापक बन्ने अभियान शुरू गरेकाे छ । अभियानमा अहिले सम्म ५३ जना जाेडिएका छन् । साेसाइटीका अध्यक्ष लक्यान लामा अनुसार काेषमा लक्ष्य गरिए भन्दा धेरै रकम जम्मा हुने देखिएकाे छ ।

     

    ‘साेचे भन्दा राम्राे गरी समुदायका साथीहरू याे अभियानमा जाेडिनु भएकाे छ, म आफै भारतकाे मिरिकमा डिसेम्बरमा भएकाे चाैथाे अन्तराष्ट्रिय तामाङ सम्मेलनमा जानु परेकाले केही ढिलाे भएकाे हाे, शुरूमा हामीले ५० हजार अमेरिकी डलरकाे लक्ष्य बनाएका थियाै तर अहिले एक लाख डलर नै पुग्ने देखियाे ।’ उत्साहित हुदै लामाले भने ।

     

    काेषमा संकलन भएकाे रकम उत्तर अमेरिकमा बसाेबास गर्ने तामाङ समुहदायहरू ठूलै  दुर्घटनामा परेमा वा कुनै ठूलाे राेग लागेमा, स्वास्थ विमा नभएका र विमा भएर पनि करभेज नहुने अवस्था भएकाहरूका लागि खर्च गरिने छ । 

     

    काेष सञ्चालनका लागि साेसाइटीका बरिष्ठ उपाध्यक्ष शेर लामाकाे संयाेजकत्वमा रहेका च्याप्टरबाट चार जना प्रतिनिधि र च्याप्टर नभएकाे स्थानमा केन्द्रले मनाेनित गरेका व्यक्तिकाे सहभागितामा एउटा समिति बनाइने छ । साेही समिहतिकाे सिफारिसकाे आधारमा सहयाेग गरिने छ ।

     

    त्यसाे त गैर तामाङले पनि याे काेषबाट तत्काल राहत पाउन सक्ने छन तर पछि साे रकम फिर्ता गर्नु पर्ने छ । अध्यक्ष लामा भन्छन ‘ मानवीय सहयाेग हाे, अन्य समुदायलाइ पनि हामी सस्थागत रूपमा आएमा दिन्छाै । तर उहाँहरूले एक महिना भित्र फिर्ता गर्नु पर्दछ ।’


    काेषकाे पारित कार्यविधि अनुसार  ५० हजार डलर स्थायी हुनेछ । रकम बढी रकम अमेरिका भन्दा बाहिर रहेका तामाङ समुहदायकाे हितमा खर्च गरिने छ । ‘हामी विषेशत शिक्षामा जाेड दिएका छाै, त्यसै अनुसारकाे प्राेजेक्ट ल्याउछाै, तामाङ विद्यार्थीकाे उच्च शिक्षाका लागि छात्रवृद्धि, विद्यालय लगायतका नेपाल, भारत वा अन्यत्र जहाँ तामाङ छन त्यहाँ खर्च गर्दछाै लामाले भने ।’

    प्रतिकृया दिनुहोस

    हेटौँडामा गोले तामाङ वंशज उत्थान समाजले सोनाम ल्होछार मनाउने

    तामसालिङ खबर  हेटौडा: तामाङ् समुदायको सास्कृतिक पर्ब २८५५ फाग ल्हो (बदेल बर्ग) सोनाम ल्होछारको अबसरमा गोले तामाङ वंशज उत्थान समाज मकवानपुरले बिबिध

    ठूलोथलीमा ल्होछारको बृहत सास्कृतिक कार्यक्रम हुने

    तामसालिङ खबर  हेटौडा:  मकवानपुरको हेटौँडा १३ पदमपोखरी ठूलोथलीमा ल्होछारका अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको महान

    चौथो सस्करणको मिस तामाङ पोखराको तयारी तिव्र, माघ १२ गते ग्राण्ड फिनाले हुने

    तामसालिङ खबर  पोखरा: चौथो सस्करणमा चलिरहेको मिस तामाङ पोखरा २०१९ को तयारी तिव्र पारिएको छ । बैदाम तामाङ समाज पोखराको आयोजनामा भैरहेको मिस तामाङ

    हेटौडामा प्रथम सोनाम ल्होछार महोत्सब हुने

    तामसालिङ खबर  हेटौडा: तामाङ समुदायको महान सास्कृतिक पर्ब २८५५ फाग ल्हो (बदेल बर्ग) सोनाम ल्होछारको अबसरमा प्रथम ल्होछार महोत्सब हुने भएको छ । बिगतको

    ल्होछारको अवसरमा बहराइनमा सास्कृतिक कार्यक्रमको तिब्र तयारी 

    तामसालिङ खबर   बहराइन । तामाङ समुदायको २८५५ फाग-ल्हो सोनाम ल्होछारको अवसरमा बहराइनमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ सेवा समाज

    कबि थेबाको 'अखण्ड आलाप' लाई गणेश लक्ष्मीदेबी पन्त पुरस्कार  

    तामसालिङ खबर  हेटौडा: साहित्य संगम चितवनले 'गणेश तथा (हस्तकुमारी) लक्ष्मी देबी पन्त पुरस्कार-२०७५' बाट कबि मोक्तान थेबालाई प्रदान गर्ने निर्णय