• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:44:44

ताजा खबर

प्रदेश खबर

हेटौंडामा साझा बस थपियो, पदमपोखरीमा संचालन हुने 

  • २०७५ पौष १४ शनिबार १०:४४:४४    तामसालिङ खबर
  • तामसालिङ खबर 
    हेटौडा
    : हेटौंडाको पदमपोखरीमा पनि साझा बस संचालनमा आएको छ ।  हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गरि पदमपोखरीमा तीन वटा साझाबस संचालनमा ल्याइएको छ ।

     

    हेटौंडा उपमहानगरपालिकाको समन्वयमा पदमपोखरीका वासिन्दाहरुको लागि सजिलो र सहज यात्रा गर्न सजिलो होस भन्ने उद्येश्यले साझा बस संचालनमा ल्याइएको छ । हेटौंडा १२, १३ र १४ का वासिन्दा बिद्यार्थीहरुका लागि सहज होस भन्ने उदेश्यले आफ्नो पहलमा साझा बस संचालनमा ल्याइएको मेयर महतले बताउनुभयो । 

     

    बिहान क्याम्पस पढ्न आउने बिद्यार्थी देखिबाट राती, साँझ यात्रा गर्ने यात्रुहरुका लागि मध्यनजर गरेर साझा बस संचालनमा ल्याएको मेयर महतको भनाई छ । हेटौंडाका मुल सडकको सबैजसो क्षेत्रमा साझा बस संचालनमा ल्याएपछी यहाका नागरिकले राहतको अनुभुती गरेपछी पदमपोखरीका वासिन्दाहरुलाई पनि सहज होस भन्ने उदेश्यले साझा बस थपिदै गएको मेयर महतको भनाई छ ।

     

    अरु बस हेरीकन साझा बस सुबिधा र बिहानको झिसमिसे देखि राती सम्म पनि चल्ने भएकाले हेटौंडाबासीहरु खुसी भएका छन् । अहिले हेटौंडाको हटिया, हर्नामाडी, बजार क्षेत्र, कमाने, चुरीयामाई, मकवानपुरको पश्चिमी क्षेत्र मनहरी सम्म साझा बस संचालनमा आउने गरेको मकवानपुर साझा बसका संचालक भेष खड्गीले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस

    प्रदेश ३ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु हुने

    तामसालिङ खबर   हेटौँडा- प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको

    बहुपहिचानको आधारमा नेवा: तामसालिङ प्रदेश हुने पर्ने भन्दै हेटौडामा दबाब सभा (फोटो फिचर सहित) 

    तामसालिङ खबर  हेटौडा: बहुपहिचानको आधारमा तिन नम्बर प्रदेशको नामकरण हुनु पर्ने भन्दै नेवाः ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौडामा नागरिक

    नेवा: तामसालिङको नागरिक दबाब सभाको तयारी पुरा 

    दिलबहादुर लामा  हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा यही माघ ४ गते (शुक्रबार) हेटौँडामा हुने नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि

    प्रदेश सरकारले हटियामा एकीकृत नमूना बस्ती निर्माण गरिने  

    तामसालिङ खबर  हेटौडा: तिन नम्बर प्रदेशको सरकारले एकीकृत नमूना बस्ती निर्माण गरी बसोबास व्यवस्थित गर्ने तयारी थालेको छ । यसका लागि प्रदेश सरकारले

    हेटौडा बजारको सिसिक्यामरा मर्मत गर्न बैंकर्स क्लबको सहयोग

    तामसालिङ खबर  हेटौडा: बैशाख १२ को भुकम्प संगै हेटौंडा बजार  क्षेत्रमा रहेको सिसि क्यामरा बिग्रेको थियो । सिसि क्यामरा बिग्रेको मौकामा विभिन्न

    आदेश नआएको भन्दै तपस्वी बम्जनलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिएन

    तामसालिङ खबर   सिन्धुली: माथिबाट आदेश नआएको भन्दै तपस्वी बम्जनलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । बम्जनमाथि लागेका आरोपबारे