• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:21:49

ताजा खबर

खेलकुद

नेपालको नाम चम्काउने बडी बिल्डर महर्जनको भव्य स्वागत 

  • २०७५ पौष १३ शुक्रबार १०:२१:४९    तामसालिङ खबर
  • तामसालिङ खबर 
    काठमाडौँ
    । विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाएका बडि बिल्डर महेश्वर महर्जनको भव्य स्वागत गरिएको छ । थाइल्याण्डको चाङमईमा भएको १० औँ विश्व च्याम्पियनसीपमा स्वर्ण जितेर मंगलबार नेपाल फर्केका महर्जनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका पदाधिकारीले भव्य स्वागत गरेका थिए । सो अवसरमा उपाध्यक्ष तिम्सिनाले राष्ट्रका लागि पदक जित्न सफल खेलाडी महर्जनलाई सरकारका तर्फबाट उचित सम्मान गरिने बताए । 

     

    पदक विजेता महर्जनले देशको नाम उच्च स्थानमा राख्न पाउँदा आफू निकै भावुक बनेको बताए । “अन्तर्राष्ट्रिय मञ्चमा नेपालका लागि पदक जित्न सफल भएको छु, आफूलाई गौरवको महसुस भएको छ” । बडि बिल्डिङमा धेरै खर्च हुने गरेको बताउँदै महर्जनले प्रतियोगिताका लागि मात्र आफूले आठ/नौ लाख खर्च गरेको बताए ।

     

    नेपाल शारीरिक सुगठन सङ्घले महर्जनलाई रु तीन लाखबाट सम्मानित गर्ने घोषणा गरेको छ । नेपाल बडी बिल्डिङ एशोसिएशनका अध्यक्ष राजेशबाबु श्रेष्ठले विज्ञप्त जारी गर्दै महेश्वरलाई सङ्घका तर्फबाट रु तीन लाख प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

     

    पुस १ गते थाइल्याण्डमा सम्पन्न वल्ड बडी बिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसीपमा महेश्वरले ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका थिए । विश्व च्याम्पियनसीपमा नेपाली बडीबिल्डर विजेता बनेको यो पहिलो पटक हो । च्याम्पियनसीपको पुरुष ७५ केजीमा महर्जनले भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका हुन् ।  बाह्र खेलाडी सहभागी उक्त प्रतिस्पर्धामा भारत दोस्रो र सिङ्गापुर तेस्रो भएको थियो । 

    प्रतिकृया दिनुहोस

    सोमबारदेखि हेटौडामा राष्ट्रिय महिला हक्की प्रतियोगिता हुँदै

    तामसालिङ खबर   हेटौडा: नेपाल हक्की संघ काठमाडौंको आयोजनामा सहाना प्रधान स्मृतिमा राष्ट्रिय महिला हक्की प्रतियोगिता सोमबार देखि हेटौंडामा हुने

    टी-२० महिला स्म्याशमा’ नेपाल सेमिफाइनलमा

    तामसालिङ खबर  थाइल्याण्डमा जारी टी-२० महिला स्म्याश क्रिकेटमा नेपाली महिला टोली समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । समूह चरणको

    बिपी कप बकैया गाउँपालिकाको कब्जामा, उपविजेता ४ नम्बर वडा हेटौडा 

    तामसालिङ खबर  हेटौडा: हेटौंडामा सञ्चालन भएको प्रथम बिपी कप फुटबल प्रतियोगिताको उपाधि नेपाली कांग्रेस बकैया गाउँपालिकाले जितेको छ । नेपाल

    बसन्तपुरको सुर्यकिरण युवा क्लबलाई खेल सामग्री बितरण 

    तामसालिङ खबर  हेटौडा (मनहरी): खेलाडीहरुलाई हौसला दिने उद्येश्यले मनहरी ५ बसन्तपुरको सुर्यकिरण युबा क्ल्बलाइ बिजय दशमीको अबसरमा जर्सी तथा खेलकुदमा

    नेपाल बंगबन्धु गोल्डकप खेल्ने सम्भावना न्यून 

    तामसालिङ खबर  काठमाडौ: बंगलादेश फुटबल संघको आयोजनामा अर्को महिना हुने बंगबन्धु गोल्ड कपको आयोजना मिति र समूह विभाजन तय भइसकेको छ ।  तर प्रतियोगिता

    साफ च्याम्पियनसिप फुटबलमा नेपालको दुई रेकर्ड

    तामसालिङ खबर  हेटौडा: बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल सेमिफाइनल पुगिसकेको छ । नेपालले अन्तिम चारमा माल्दिभ्स