• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:54:44

ताजा खबर

प्रदेश खबर

रामेछापको सात सामुदायिक क्याम्पसलाई करोडौको बजेट 

  • २०७५ पौष ९ सोमबार १०:५४:४४    तामसालिङ खबर
  • तामसालिङ खबर   
    रामेछाप
    । शिक्षा क्षेत्रको गुणस्तर बढाउनको लागि तिन नम्बर प्रदेशको सरकारले रामेछापको ७ वटा सामुदायिक क्याम्पसको लागि साढे १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयमार्फत चालू आर्थिक वर्षमा प्रदेशका १३ वटा जिल्लाका १०३ वटा क्याम्पस मध्ये रामेछापको सात वटा सामुदायिक क्याम्पस छनोट भएको हो ।

     

    तिन नम्बर प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आगमी दिनमा रामेछापको सामुदायिक क्याम्पसहरुको सुधारको लागि थप बजेटको व्यवस्था गर्ने बताउनुभयो । सामाजिक विकास मन्त्रालयबाट विनियोजित बजेटको लागि सात वटा क्याम्पसले प्रस्ताव पेश गर्नुपर्ने हुन्छ । प्रदेश सरकारबाट प्राप्त हुने बजेट विद्यालयल शैक्षिण क्षेत्रको सुधार र व्यवस्थापकिय क्षेत्रमा खर्च गर्न पाउनेछ ।

     

    प्रदेश सरकारले गौरीशंकर बहुमुखी क्याम्पस रामेछाप २० लाख, मन्थली शहीद स्मृति बहुमुखी क्याम्पस २५ लाख, सिध्देश्वर एजुकेशन पब्लिक क्याम्पस २० लाख, हिमगंगा बहुमुखी क्याम्पस २० लाख, तामाकोसी क्याम्पस २० लाख, शारदोदय बहुमखी क्याम्पस २० लाख, जनजागृत शिक्षा क्याम्पसलाई २० लाख बजेट विनियोजन गरिएको छ ।    

     

    यसरी विनियोजन गरिएको रकम काठमाडौँका १४, काभ्रेपलाञ्चोकको १३, सिन्धुपाल्चोकको १२, सिन्धुलीको १०, चितवनका नौ, धादिङको आठ, ललितपुरको आठ, रामेछापका सात, मकवानपुरको छ, नुवाकोटको छ, दोलखाको पाँच, भक्तपुरको चार र रसुवाको एक क्याम्पसले प्राप्त गर्नेछन् ।

     

    मन्त्रालयका अनुसार कूल २८ करोड बजेट विनियोजन गरेकामा तत्काल आवश्यकताअनुसार २२ करोड पाँच लाख आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको हो ।

    प्रतिकृया दिनुहोस

    प्रदेश ३ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु हुने

    तामसालिङ खबर   हेटौँडा- प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको

    बहुपहिचानको आधारमा नेवा: तामसालिङ प्रदेश हुने पर्ने भन्दै हेटौडामा दबाब सभा (फोटो फिचर सहित) 

    तामसालिङ खबर  हेटौडा: बहुपहिचानको आधारमा तिन नम्बर प्रदेशको नामकरण हुनु पर्ने भन्दै नेवाः ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौडामा नागरिक

    नेवा: तामसालिङको नागरिक दबाब सभाको तयारी पुरा 

    दिलबहादुर लामा  हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा यही माघ ४ गते (शुक्रबार) हेटौँडामा हुने नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि

    प्रदेश सरकारले हटियामा एकीकृत नमूना बस्ती निर्माण गरिने  

    तामसालिङ खबर  हेटौडा: तिन नम्बर प्रदेशको सरकारले एकीकृत नमूना बस्ती निर्माण गरी बसोबास व्यवस्थित गर्ने तयारी थालेको छ । यसका लागि प्रदेश सरकारले

    हेटौडा बजारको सिसिक्यामरा मर्मत गर्न बैंकर्स क्लबको सहयोग

    तामसालिङ खबर  हेटौडा: बैशाख १२ को भुकम्प संगै हेटौंडा बजार  क्षेत्रमा रहेको सिसि क्यामरा बिग्रेको थियो । सिसि क्यामरा बिग्रेको मौकामा विभिन्न

    आदेश नआएको भन्दै तपस्वी बम्जनलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिएन

    तामसालिङ खबर   सिन्धुली: माथिबाट आदेश नआएको भन्दै तपस्वी बम्जनलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । बम्जनमाथि लागेका आरोपबारे