• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:16:33

ताजा खबर

स्वास्थ/जीवनशैली

महिलाहरु नागा साधु बन्नको लागि यस्तो नियम पालना गर्नुपर्ने

  • २०७५ पौष ९ सोमबार १०:१६:३३    
  • तामसालिङ खबर 
    पुरुष मात्र नभई महिलाहरु पनि नागा साधु बन्ने गर्छन् । विभिन्न धार्मिक प्रक्रिया पुर्याएर नागा साधु बन्ने महिलाहरुको संख्या नेपालमा खासै नभएता पनि भारतमा भने नागा साधु महिलाहरुको संख्या ठूलै छ । साधु जीवनशैली सामान्य जीवनशैली भन्दा धेरै फरक हुनेगर्छ । महिला नागा साधुहरुलाई धेरै रहस्यमयी रुपमा हेरिने गरिन्छ । हेर्नुस केहि रोचक जानकारीहरु:

     

    १२ वर्ष सम्म कठिन ब्रम्हाचार्य
    नागा साधु बन्नु भन्दा पहिला महिलाहरु ६ देखि १२ वर्ष सम्म कठिन ब्रम्हाचार्य पालना गर्ने गर्छन् । कठिन ब्रम्हाचार्यको पालना गर्नेहरुलाई मात्र गुरुहरुले दीक्षा दिन्छन् । पूर्ण रुपले ब्रम्हाचार्य पालना गर्ने महिलाहरुलाई मात्र नागा साधुको दीक्षा दिइन्छ।

     

    आफ्नै पिण्डदान गर्छन्
    मृत्यु भैसकेका व्यक्तिको नाममा हिन्दू धर्म अनुसार पिण्डदान दिइने गरिन्छ । तर नागा साधु बन्न चाहने महिलाहरिले शुरुमै आफ्नो पिण्डदान गर्नु पर्ने हुन्छ । पिण्डदान पछि मात्र नागा साधुको दीक्षा दिने आचार्यले प्रक्रिया अगाडी बढाउँछन्।

     

    दीक्षा शुरु हुनुभन्दा अगाडी मुण्डन
    विभिन्न प्रक्रिया र दीक्षा पछि मात्र नागा साधुको मान्यता पाउने हुँदा महिलाहरुले मात्र नभई पुरुषहरुले पनि नागा साधु बन्नको लागि कडा परिश्रम र नियमको पालना गर्नु पर्ने हुन्छ । दीक्षाको शुरु गर्नु भन्दा अगाडी महिलाहरुको पनि कपन मुण्डन गरिन्छ । सामान्य व्यक्ति भन्दा फरक दिनचर्याको विषयमा शुरु देखिनै सिकाइन्छ । राति सुते पछि नागा साधुहरु ब्रह्म मुहर्तमा उठ्ने गर्छन् ।
     

    प्रतिकृया दिनुहोस

    सुगर रोगीले खानुपर्ने चिजबिजहरु, हेर्नुस 

    रगतमा चिनीको मात्रा बढि हुने भएकाले मधुमेह रोगीले जे पायो त्यहि खानेकुरा खानु हुँदैन । यो एक दीर्घ रोग भएकाले रोगीले खाना खाँदा निकै होस पुर्याएर

    चिसोबाट बचाउन कुखुरालाई स्विटर

    तामसालिङ खबर   जाडो मौसममा चिसोबाट बच्नका लागि स्विटरको प्रयोग सबैले गर्ने गर्दछन । तर कुखुरालाई पनि स्विटर लगाई दिएको झट्टै देख्खिन्न । तर

    खालीपेटमा खानै नहुने यी चिज, के-के खाना हुदैन हेर्नुहोस् 

    तामसालिङ खबर  काठमाडौं : स्वास्थ्यलाई राम्रो बनाउनका लागि केही कुराहरुमा सधै ध्यान पूराउनुपर्ने हुन्छ । खानपानमा ध्यान पूराउनु स्वास्थ्यका लागि

    हेर्नुस, पेट घटाउने १० घरेलु उपाय

    १. यदि तपार्इंलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र

    नेपालको आकर्षक ३० स्थानहरू, घुम्नुस यी स्थानमा 

    नेपालमा केही त्यस्ता ठाउँ छन्, जुन विदेशी मात्र होइन नेपालीकै लागि पनि उत्तिकै आकर्षक छन् । ती गन्तव्यको उचित प्रचार गर्न सके एसियाका दुई ठूला मुलुक

    जाडो मौसममा हृदयाघातको जोखिम हुन्छ, कसरी सतर्क रहने ?

    काठमाडौं । मौसमले विभिन्न तरिकाबाट तपाईको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको हुन्छ। जाडोमा आरथाइटिस रोगीहरुलाई हावाको चाप र तापक्रम घट्नाले