• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:03:42

ताजा खबर

साहित्य

कवि मुक्तान थेबाको दुइ कृति ‘अखण्ड आलाप’ र ‘काकलिङ’को गृह बिमोचन 

  • २०७५ पौष ७ शनिबार १०:०३:४२    तामसालिङ खबर
  • तामसालिङ खबर 
    हेटौडा
    : गृह जिल्लामा शनिबार कवि मुक्तान थेबाको दुइ कृति बिमोचन गरिएको छ । प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा कवि मुक्तानको कृति ‘अखण्ड आलाप’ र ‘काकलिङ’को गृह विमोचन तथा परिचर्चा कार्यक्रम गरिएको छ ।

    ‘अखण्ड आलाप’ संग्रह भित्र ४२ ओटा कविता रहेको छ भने तामाङ भाषामा लेखिएको ३८ कविता काकलिङमा छन । धेरै जसो कविताहरु राज्यसंचालकहरुसँग असहमति र पछि पारिएका गरिब श्रमिकहरुको पक्षमा लेखिएका छन् । प्रगतिशील लेखनकार्यमा जुझारु कवि मुक्तान थेबाले देशको अधिकांश क्षेत्रमा पुगी आफ्नो कृति सार्बजानिक गरिसकेको छ ।


    त्यस्तै नेपाली साहित्यको भुमि मानिने दार्जलिङमा समेत सार्वजनिक गर्नुभएको छ । कवि थेबाले कार्यक्रममा आफ्नो दुइ संग्रहका पाच वटा कविताहरु वाचन गर्नुभएको थियो । उहाँको कृति बारेमा वक्ताहरु प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य कवि निमेष निखिल र कवि एस लामाले, 'अखण्ड आलाप', प्रदेश सांसद प्रदिप वालाचनले काकलिङको समिक्षा गर्नु भएको थियो । 

    कार्यक्रम कवि मोक्तान थेबाका बुबा सफल कृषक इन्द्र बहादुर मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश ३ का सांसद प्रेम बहादुर पुलामीले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम आयोजक संस्था संघ मकवानपुरका अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्लाका साहित्यकारहरुको उपस्थिति रहेको थियो । 

     

    प्रतिकृया दिनुहोस

    नाङ्साल क्लबको नियमित साहित्यक कार्यक्रम संगै सोनम ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

    तामसालिङ खबर  काठमाडौ: नाङ्साल क्लब नेपालको ९९ औं नियमित साहित्यक कार्यक्रम संगै तामाङ समुदायको आउदै गरेको २८५५ फाग-ल्हो सोनम ल्होछारको अवसरमा

    कबि थेबाको 'अखण्ड आलाप' लाई गणेश लक्ष्मीदेबी पन्त पुरस्कार  

    तामसालिङ खबर  हेटौडा: साहित्य संगम चितवनले 'गणेश तथा (हस्तकुमारी) लक्ष्मी देबी पन्त पुरस्कार-२०७५' बाट कबि मोक्तान थेबालाई प्रदान गर्ने निर्णय

    बधाई छ रवि

    मान्छे बाँच्नुपर्छ अनेक देखिन्छ , हरेक सोच्नुपर्छ अनेक लेखिन्छ । संसार खोज्नुपर्छ हरेक भेटिन्छ, निरन्तर संघर्ष नै हो सबै मेटिन्छ ।।   संजालमा

    पोखरामा बाल कविता प्रतियोगिता सम्पन्न 

    दिपक वाइबा तामाङ  पोखरा: तामाङ बौद्ध सेवा समिति पोखराको आयोजना र कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा बाल-कविता प्रतियोगिता मंगलबार सम्पन्न

    लोककवि श्रेष्ठको स्मृतीमा कविता प्रतियोगिता

    तामसालिङ खबर  हेटौडा: लोककवि गणेशलाल श्रेष्ठको १ सय ७ औं स्मृतीमा कविता प्रतियोगिता हेटौंडामा गरिएको छ । नेपाल भाषाःखलः मकवानपुरले आयोजना गरेको

    नाङ्साल क्लवको चौथो अधिवेशन सकियो, अध्यक्षमा मिक्साङ वाइबा

    तामसालिङ खबर  काठमाडौ: नाङसाल क्लब नेपालको चौथो अधिवेशन शनिबार काठमाडौमा सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनबाट मिक्साङ वाइबा तामाङको नेतृत्वमा