• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:03:14

ताजा खबर

समसामाहिक

जलवायु परिवर्तन र आदिवासी जनजाती सवाल

  • २०७५ पौष ७ शनिबार १०:०३:१४    तामसालिङ खबर
  • मिलन तामाङ  
    जलवायु परिवर्तन आज आएर विश्वको साझा मुद्दा र छलफलको बिषय बनेको छ । यसले बातावरणमा पारेको प्रभावको कारण विश्वका मानिसहरु यसबाट प्रभावित छन् । जलवायु परिवर्तनको कारण मौसमको स्वरुपमा परिवर्तन आइ समयमा पानी नपर्नाले कृषिमा प्रभाव पर्नुको साथै खडेरी तामक्रममा बृद्धि हैजा र अन्य रोगहरु देखा परेका छन् । पृथ्वीको बायुमण्डलमा कार्बनडाइ अक्साइडको बृद्धिको कारण भू–तापमानमा बृद्धि भइरहेको छ ।

     

     वैज्ञानिकहरुका अनुसार विश्वमा १७ देखि २० प्रतिशत कार्बनको उत्सर्जन वन जंगलको फडानी र विनासबाट हुने गर्दछ । जलवायु परिवर्तन सिङ्गो विश्वकै मुद्दा भएको हुनाले जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्नका लागि विश्वका अधिकाँश मुलुकले विभिन्न अन्तराष्ट्रिय सम्झौतामा हस्तक्षर गरेका छन् । नेपाल सरकारले पनि त्यस्तो सम्झौतामा हस्तक्षर गरेको छ । हरितगृह ग्यासको उत्सर्जनलाई कम गर्नका लागि धेरै बैठक र सम्मेलनहरु भएका छन् । विकासोन्मुख देशहरुको तुलनामा विकसित तथा औद्योगिक देशहरुले नै हरितगृह ग्यासहरुको उत्सर्जनमा उल्लेखनीय रुपमा बढी योगदान दिएका छन् र उनीहरुलाई त्यस्तो ग्याँस उत्सर्जनमा आमुल रुपमै कटौतीगर्न दवाव पर्दै गएको छ । साथै विकासोन्मुख देशलाई कार्बन उत्सर्जनमा कमी ल्याउनर जलवायु परिवर्तनसित अनुकुलन गर्नका लागि धनि राष्ट्रहरुले आर्थिक सहयोग उपलब्ध गराउनु पर्ने माग हुने गरेको छ । तथापि बिकसित देशहरुले जे गर्न जरुरी छ त्यो गर्न तयार भएको देखिदैन । हालसम्म कुनै स्पष्ट सम्झौता समेत पुगेका छैनन् ।

     

    > के हो जलवायु परिवर्तन ?
    हामीलाई थाहा भएको कुरा हो, पृथ्वीलाई वरिपरिबाट हावाले ढाकेको छ । कार्वनडाइअक्साइड, मिथेन, नाइट्रोजन जस्ता विभिन्न ग्याँसहरुको मिश्रणबाट बायुमण्डल बनेको छ । यिनै ग्याँसहरुले सूर्यको तापलाई सोस्छन् र पृथ्वीलाई न्यानो बनाइ राख्छन्, अर्थात सूर्यको तापले पृथ्वी वरिपरि हावालाई न्यानो बनाइराख्छन् । जसले गर्दा पृथ्वीका जीवहरु बाँच्न सक्छन् । पृथ्वी सूर्यको वरिपरि घुमिरहन्छ । जसका कारण फरक फरक ठाउँबाट फरकफरक किसिमको जलवायु देखा पर्छन ।

     

    हिजो आज कलकारखाना, गाडी, हवाइहाज, डढेलो फोहोरमैला जलाएको धुँवा, वन फडानी आदिका कारण पृथ्वीमा प्राणी र बनस्पतिबीच असन्तुलन उत्पन्न भएको छ । यस्तो मानवीय क्रियाकलापबाट बायुमण्डलमा हानिकारक ग्याँस भरिन थालेको छ । यस्तो अधिकाँश ग्याँसले हाम्रो तापक्रमलाई बढाउँदै लैजाने भएकोले पृथ्वीको जलवायुमा परिवर्तन आउन थालेको हो ।

     

    वायुमण्डलको ग्याँसहरुले हरितगृह रुपमा शिशाको पर्खालले जस्तै काम गर्छ । यसको सूर्यको किरणलाई केहि मात्रमा भित्र पस्न दिन्छ भने हानिकारक विकिरणलाई फर्काइ दिन्छ । केही मात्रामा न्यानोपनलाई पृथ्वीको नजिकै राख्छ र पृथ्वीलाई हामी बस्न योग्य  बनाउँछ ।  सूर्यबाट आएका केही तापलाई हरितगृह ग्याँसले रोकी आकाशमा फर्काइदिन्छ । अर्काेतिर पृथ्वीमा आएको सूर्यको तापको केही अंश आकाशतिर फर्कन नदिई रोकेर पृथ्वीलाई न्यानो बनाई राख्छ । यस्तो नभएको भए पृथ्वी धेरै चिसो हुने थियो र मानिस बाँच्न सम्भव नै हुने थिएन । यो प्राकृतिक प्रक्रियालाई हरितप्रभाव भनिन्छ । तथापि मानिसको विभिन्न क्रियाकलापहरु जस्तै कलकारखाना संचालनमा तेल र ग्याँसको प्रयोग, बिजुलीको उत्पादन, यातायात भूमि विकास, आधुनिक कृषि प्रणालीले वायुमण्डलमा यी ग्याँसहरु थोपरिरहेका छन् । हरितगृह बढेर गएको छ । यसको परिणाम स्वरुप भू–तपमानमा बृद्धि भएको छ ।यसैलाई नै जलवायु परिवर्तन भनेर बुझिन्छ ।

     

    > आदिबासी जनजाति समुदायमा जलवायु परिवर्तबाट नकरात्मक प्रभाव
    आदिबासी जनजातिसंग बन जंगल जमीन वा प्रकृतिसंगअन्योन्याश्रित सम्बन्ध रही आएको छ र बिशेषत आदीबासी जनजातिहरुको बसोबास हिमाली क्षेत्र, बन जंगल र खोला किनार क्षेत्रमा हुने गरेको छ । तसर्थ खोला, बन जंगल जमिनको प्रत्येक टुक्र आदिबासी जनजातिको लागि महत्व रहेको छ । त्यसैले हालसम्मपनि आदिबासी जनजातिले बन, जंगल खोला र जमिनलाई पुर्खाैदेखि पवित्र मान्दै प्रकृति पुजा गर्दे आएको छ ।आदिबासी जनजातिहरु धेरैजसोले अहिलेपनि साधारण  ढंगले आफ्नो जिवनयापन गर्दै आएको छ । प्राकृतिक वातावरणसँगको नजिकको सम्बन्ध र अन्तरनिर्भताको कारणले गर्दा अन्य समुदायहरुको तुलनामा आदिवासी जनजातिमाथि जलवायु परिवर्तनबाट प्रतिकुल प्रभाव पर्दछ । थोरै मात्रामा हुने तापक्रमको बृद्धिलेपनि आदिबासी समुदायको जीवनयापनमा सोझै असर पार्छ । विश्व तापमानमा १ डिग्री सेल्सियसको बृद्धिले पनि जंगलमा बोटबिरुवाको बृद्धि र पानीमा माछाको वंश वृद्धिमा नकरात्मक परिवर्तन ल्याउन सक्ने कुरालाई उदाहरणका रुपमा लिन सकिन्छ । २ डिग्री सिल्सियस तापक्रमको वृद्धिले थुप्रै प्रकारका बोटविरुवा र जीवजन्तुहरु लोप हुने वा अन्य कुराले नै विस्थापित गर्न सकिन्छ ।तापक्रमका कारण हिँउ पग्लिदा र हिमतालहरु फुटिदा प्रत्यक्ष त्यहिको समुदायमा असर हुन पुग्दछ । 


    अन्य समुदायमा भन्दा आदिवासी जनजाति समुदायमा जलवायु परिवर्तनबाट उत्पन्न कठिनाई सामना गर्न सक्षमपनि हुन्छन् । आदिबासी निकै उच्च भूभागमा बसोबास गर्छन । उनीहरु विभिन्न प्रकारका बोटबिरुवा र तरकारीहरु उब्जाउँछन् । शिकार गर्ने र माछा मार्न नयाँ तरिका खोजी गर्छन् । त्यस्तै विभिन्न सामाजिक अवस्थामा आफूलाई समायोजन गर्न अध्ययन, शिक्षा र राजगारीको खोजी गर्छन र आफ्नै ज्ञान र स्थानीय विधिको प्रयोगद्वारा जलवायु परिवर्तनसँग अनुकुलन हुन्छन् । यसर्थ आदिबासी जनजाति समुदायलाई भुमि सम्बन्धि अधिकारलाई मान्यता दिनु पर्दछ र यदि यो हुन सकिएन भने गरिबीको कारणले गर्दा जलवायु परिवर्तनसँग अनुकुलन हुन झनै अप्ठ्यारो हुन सकिन्छ र भइरहेको छ ।

     

    > जलवायु परिवर्तनको प्रभाव
    १, मौसममा असन्तुलन
    २, पर्वतीय परिस्थितीकीइ प्रणालीमा अपकर्षण
    ३, समुद्र सतहमा बृद्धि
    ५, कृषिप्रणलाीमा प्रभाव
    ६, बन तथा वन्यजन्तुमा प्रभाव
    ७, पुरातात्विक सम्पदाको विनाश

     

    जलवायु परिवर्तनबाट तत्काल देखिन असरहरु 
    १, लामो समयसम्म भारी बर्ष हनेछ ।
    २, हुरीवतास, बाढी पहिरोका प्रकोप बढ्नेछ ।
    ३, थाहै नै नभएका अनेकौ रोगहरु फैलिनेछ ।
    ४, जमीनमा चिसो बढ्नेछ । 
    ५, खाद्य पदार्थका बोटविरुवा र जनावरहरु लोप हुनेछ ।

     

    > जलवायु परिवर्तन रोक्न के गर्न सकिन्छ ?
    १, औद्योगिक मुलुकलाई दबाब
    २, सामुदायिक तथा ब्यक्तिगत कार्य
    ३, नवीकरणीय उर्जाको प्रयोग
    ४, बस्तुको पुनः प्रयोग
    ५, दिगो भूृउपयोग र भूसंरक्षण
    ६, प्रकोप ब्यवस्थापन तथा जोखिम न्यूनीकरण
    ७, बनको विस्तार र संरक्षण
    ८, पानीको मुहानको संरक्षण
    ९, पानीको उपयोगमा कटौती
    १०, कृषि तथा जविकोपार्जनको क्षेत्रमा विविधिकरण
    ११, रोग र कीराको नियन्त्रण
    १२, वातावरणमैत्री प्रविधिको उपयोग 
    १३, स्रोतको बुद्धिमत्तापूर्ण उपयोग

     

    > आदिबासी जनजातिहरुको माग
    १, जलवायु परिवर्तन सम्बन्धमा राज्यले बनाउने जुनसुकै नीति, योजना तथा कार्यक्रमहरुको तर्जुमा, कार्यन्वयन र मुल्याङकन कार्यमा आएएलओ महासन्धि नं. १६९ र आदिबासी जनजातिहरुको अधिकार सम्बन्धी नियन्त्रणको घोषणपत्रले प्रत्यभुत आदिवासी जनजातिहरुकोजल, जंगल, जमिन र खानीमाथिको स्वामित्व र नियन्त्रणको अकिारालाई संबैधानिक, कानुनी र प्रशासनिक सुनिश्चितता हुनुपर्दछ ।
    २, राज्यले जलवायु परिवर्तनको जुनसुकै नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन र मुल्याङकन कार्यमा आदिवासी जनजातिको आत्मनिर्णयको अधिकारहरुलाई मान्यता दिइनु पर्दछ ।
    ३, राज्यले गर्ने जलवायु परिवर्तन सम्बन्धि योजना तथा कार्यक्रमहरुको तर्जुमा, कार्यान्वयन र मुल्याङकन कार्यमा आबिासी जनजातिहरुको स्वतन्त्र, पूर्वसुचित सहमतलिाई सुनिश्चित गरिनु पर्दछ ।
    ४, राज्यले गर्ने जलवायु परिवर्तन सम्बन्धि योजना तथा कार्यक्रमहरु बनाउँदा, कार्यान्वयन गर्दा र मुल्याङकन कार्यक्रमहरुमा आदिवासी जनजातिहरुको पुख्र्याैली भूमि, बन तथा अन्य प्राकृतिक स्रोतहरुसँग अन्योन्याश्रीत सम्बन्धका साथै परम्परागत ज्ञान, सीप, रीतिरीवाज, प्रथाजनित न्यायिक ब्यवस्थाको प्रयोग र संस्कृतिलाई संबैधानिक र कानुनी मान्यता दिइनु पर्दछ ।
    ५, राज्यले गर्ने जलवायु परिवर्तन सम्बन्धि नीति, योजना तथा कार्यक्रमहरु बनाउँदा, कार्यान्वयन गर्दा र मुल्याङकन कार्यक्रमहरुमा आदिबासी जनजातिहरुको पूर्ण र पभावकारी सहभागिताको ब्यवस्था सुनिश्चित गरिनुपर्दछ ।
    ६, राज्यले बन फँडानी तथा वन विनास रोक्ने जुनसुकै नीति, योजना तथा कार्यक्रम लागु गर्दा वन संरक्षण तथा ब्यवस्थापन सम्बन्धि आदिबासी जनजातिहरुको परम्परागत प्रणलीलाई मान्यता दिइनु पर्दछ ।

    ७, जलवायु परिवर्तन प्रभाव न्यूनीकारण र अनुकुलनका लागि रेडको उपयोग कार्वन ब्यापारसँग सम्बन्धित भएकोले बन जंगल भित्रको कार्वन भण्डारको ब्यापार गर्ने वा नगर्ने तथा के, कसरी गर्ने भन्ने सम्बन्धमा निर्णय गर्ने अधिकार आदिबासी जनजातिहरुसंग रहेन ब्यवस्था गरिनु पर्दछ । 
    ८, राज्यले जलवायु परिवर्तन र रेड सम्बन्धी वा अन्य नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन र मुल्याङकन कार्यक्रम गर्दा अदिबासी जनजातिहरुको परम्परागत ज्ञान र सीपमा आधारित प्रविधिमा उनीरुकोएबतभलत चष्नजत कायम हुनेगरी संरक्षण, संम्बर्धन र बिकास गरिनु पर्दछ ।
    ९, जलवायु परिवर्तनको पहिलो असर आदिबासी जनजातिहरुलाई पर्ने भएकोले आदिबासी जनजातिको परम्परागत जीवनपद्धति, जीविकोपार्जन, स्वास्थ्य उपचार प्रणली आदिमा ब्यापक रुपमा असर गर्ने भएकोले सोलाई सम्बनेधन गर्नका लागि राज्यले आदिबासी जनजातिहरुको परम्परागत जीवनपद्धति अनुकुल हुने गरी विशेष ब्यवस्था गर्नपर्दछ ।
    १०, जलवायु परिवर्तनको प्रभावका रुपमा देखिएको आवासन र आप्रवासनले आदिबासी जनजातिको पहिचान र जीवनपद्धतिमा पार्ने नकरात्मक प्रभावहरुलाई रोक्नका लागि राज्यले विशेष उपायहरु अवलम्बन गर्नुपर्दछ ।
    ११, राज्यले जलवायु परिवर्तन र रेडसंग सम्बन्धित तथा अन्य नीति तथा कार्यक्रमहरु तर्जुमा गर्दा, कार्यन्वयन गर्दा र मुल्याङकन कार्यमा आदिबासी जनजति महिलाहरु तथा वालवालिकहरुलाई सबैभन्दा बढी प्रभाव पार्ने कुरालाई मान्यता दिइ महिला र बालबालिकाको प्रभावकारी सहभागितालाई सुनिश्चित गरिनु पर्दछ ।
    १२, जलवायु परिवर्तनका कारण हिमताल फुटेर पहिरो तथा सुख्खा लगायतका प्रभावबाट हिमाल, पहाड र तराईका बासिन्दालाई जोगाउन सरकारले तत्काल विशेष उपायहरु अवलम्बन गर्नुपर्दछ ।
    १३, जलवायु परिवर्तनको प्रभावबाट तत्काल जोखिममा पर्नसक्ने आदिबासी जनजाति समुदायहरुको पहिचान गरी त्यस्ता समुदायहरुलाई जलवायु परिवर्तनबाट प्रभावित पहिले समुदाय घोषणा गरी प्रभाव न्यूनीकरण र अनुकुलनको विशेष वैकल्पिक कार्यक्रम लागु गर्नु पर्दछ । 
    १४, विश्वको सर्वाेच्च शिखर सगरमाथा लगायतका हिमालको हिँउ पग्लिने, हिमनदी सुक्ने, हिमताल फुट्ने जस्ता प्रभावबाट प्रत्यक्ष प्रभावित सुमदाय नेपालका अदिबासी जनजाति समुदाय हुन भनी विश्व समुदायको ध्यानाकर्षण गर्दछ । (गोल्चे संसार डटकम
    (लेखक सचिब-नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, सिन्धुपाल्चोक

    प्रतिकृया दिनुहोस

    समिक्षामा: अन्तर्राष्ट्रिय तामाङ परिषदको मिरिक सम्मेलन 

    -खाेजराज गाेले  भर्खरै अन्तर्राष्ट्रिय तामाङ परिषद्को चौथो सम्मेलन मिरिकमा सम्पन्न भएको छ । सम्मेलनमा १९ देशका प्रतिनिधिहरुका सहभागिता रहेको

    सन्दर्भ: आदिवासी विश्वविद्यालयको बहस  

    खोजराज गोले १.  विषय प्रवेश संसारमा अनेक किसिमका विश्वविद्यालयहरू छन् । बहुविषयीदेखि एक विषय केन्द्रित पनि छन् । कतिपय विश्वविद्यालयमा धेरै

    नामाकरणको मुख्य आधार पहिचान भाग - २

    मोहन गोले तामाङ विश्वका धेरैवटा संघीय मुलुकहरुले सम्भव भएसम्म पहिचानको आधारमा नै प्रदेशहरुको नामाकरण गरेको देखिन्छ । ती आधारमा जातीय सभ्यताले

    पहिचान, प्रदेश नामाकरणको पहिलो आधार हो

    मोहन गोले तामाङ विश्वका सानाठूला २८ भन्दा बढी राष्ट्रहरूले सङ्घीय प्रणाली अपनाएकोमा धेरै राष्ट्रहरूले सङ्घ निर्माणको पहिलो आधार वा राज्यहरूको

    एक चर्चा: अन्तर्राष्ट्रिय तामाङ परिषद्को चौथो सम्मेलन

    मोहन गोले तामाङ यतिबेला हामी अन्तर्राष्ट्रिय तामाङ परिषद्को सम्मेलन नजिक पुगेका छौ । सन् २०१८ डिसेम्बर १४, १५ र १६ मा परिषद्को चौथो सम्मेलन सम्पन्न

    खादा प्रतिबन्ध: वातावरणीय स्वच्छता की धार्मिक असहिष्णुता ?

    गणेश राई काठमाडौँ - केही वर्षदेखि खादा संस्कृतिमाथि धावा बोल्ने क्रम बढेको छ । त्यसको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । उनी