• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:02:45

ताजा खबर

प्रदेश खबर

एक बिद्यालय एक नर्स अभियान अन्तर्गत विद्यार्थीको स्वास्थ्य जाँचमा खटिए नर्स

  • २०७५ पौष ६ शुक्रबार १०:०२:४५    
  • तामसालिङ खबर 
    काठमाडौं
    -  तिन नम्बर प्रदेशको २० विद्यालमा विद्यालय नर्स नियुक्त भएका छन् । तिन नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले उनीहरुलाई आवश्यक तालिम समेत दिइसकेको छ । ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अन्तर्गत पहिलो चरणमा २० वटा विद्यालयमा नियुक्त भएका १९ जना नर्सहरुलाई ३ दिने तालिम दिइएको हो । तालिममा एक जना नर्स भने अनुपस्थित थिइन् । मन्त्रालयले उनीहरुलाई मंसिर २६ देखि २८ गतेसम्म पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालिम दिएको थियो । 

     

    मन्त्रालयमा कार्यरत पब्लिक हेल्थ नर्स मिलन घिमिरेले तालिममा नर्सहरुलाई विभिन्न प्रेरणात्मक कक्षाहरु प्रदान गरेको बताइन् । उनी तालिम संयोजकमध्येकी एक हुन् । 'यो पाइलटिङ कार्यक्रम हो, अस्पतालमा काम गरिरहेका नर्स नयाँ ठाउँमा नयाँ कार्यक्रमका साथ जाँदै हुनुुहन्छ त्यसैले पनि यो तालिम दिन जरुरी थियो,' उनले भनिन् ।

     

    विद्यालय तहबाटै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन उत्प्रेरित गर्दै सीपमूलक स्वास्थ्य शिक्षा प्रदान गर्ने उद्देश्यले सामाजिक विकास मन्त्रालयले कार्यक्रम शुरु गरेको हो। पहिलो वर्ष ‘पाइलटिङ प्रोजेक्ट’ का रुपमा यो कार्यक्रम शुरु गरिएको छ ।

     

    उनीहरुको पारिश्रमिक स्वास्थ्य सेवाको पाँचौं तहको हुनेछ। विद्यालय नर्सले किशोर–किशोरीको प्रजनन, महिनावारी स्वास्थ्य, परिवार नियोजन, यौन तथा यौनिकताका बारेमा परामर्श, व्यक्तिगत/वातावरणीय सरसफाइ तथा फोहरमैला व्यवस्थापन, स्वस्थकर जीवनशैली, सामान्य स्वास्थ्य परीक्षण र पोषणको लेखाजोखा प्राथमिक उपचारको व्यवस्था गर्नुपर्नेछ । साथै थप उपचारका लागि अन्तै पठाउन परेमा स्वास्थ्य संस्थासँग समन्वय गर्नुपर्नेछ ।

     

    अखाद्य वस्तु ‘जंक फुड’को प्रयोगमा नियन्त्रण, यौनजन्य हिंसा न्यूनीकरण, शारीरिक तथा मानसिक स्वास्थ्य शिक्षा, धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको दुरुपयोग न्यूनीकरणका लागि अभिवभावक तथा समुदायलाई स्वास्थ्य शिक्षा प्रदान गर्नुपर्नेछ । सरकारले पहिलो वर्ष मन्त्रालयले नर्ससहित भौतिक सामग्रीको व्यवस्थापन गरिदिने र दोस्रो वर्ष स्थानीय तहसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

     

    कार्यविधिमा स्थानीय तहमा कार्यक्रमलाई प्रभावकारीरुपले व्यवस्थापन गर्न विद्यालय स्वास्थ्य समन्वय समिति गठनको प्रावधान छ । स्थानीय तहको शिक्षा/स्वास्थ्य एवं सामाजिक शाखा हेर्ने प्रमुखको संयोजकत्वमा सरोकारवालाको प्रतिनिधित्वसहित समिति गठन गर्नुपर्नेछ । त्यस्तै विद्यालय स्वास्थ्य एकाइ गठनको व्यवस्था गरिएको छ । विद्यालय नर्सको मातहतमा स्वास्थ्य शिक्षकको संयोजकत्वमा नर्स, महिला शिक्षक, ९–१२ कक्षासम्मका दुई छात्रा सदस्य रहनेछन्। (स्वास्थ्य खबर

     

    प्रतिकृया दिनुहोस

    प्रदेश ३ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु हुने

    तामसालिङ खबर   हेटौँडा- प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको

    बहुपहिचानको आधारमा नेवा: तामसालिङ प्रदेश हुने पर्ने भन्दै हेटौडामा दबाब सभा (फोटो फिचर सहित) 

    तामसालिङ खबर  हेटौडा: बहुपहिचानको आधारमा तिन नम्बर प्रदेशको नामकरण हुनु पर्ने भन्दै नेवाः ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौडामा नागरिक

    नेवा: तामसालिङको नागरिक दबाब सभाको तयारी पुरा 

    दिलबहादुर लामा  हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा यही माघ ४ गते (शुक्रबार) हेटौँडामा हुने नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि

    प्रदेश सरकारले हटियामा एकीकृत नमूना बस्ती निर्माण गरिने  

    तामसालिङ खबर  हेटौडा: तिन नम्बर प्रदेशको सरकारले एकीकृत नमूना बस्ती निर्माण गरी बसोबास व्यवस्थित गर्ने तयारी थालेको छ । यसका लागि प्रदेश सरकारले

    हेटौडा बजारको सिसिक्यामरा मर्मत गर्न बैंकर्स क्लबको सहयोग

    तामसालिङ खबर  हेटौडा: बैशाख १२ को भुकम्प संगै हेटौंडा बजार  क्षेत्रमा रहेको सिसि क्यामरा बिग्रेको थियो । सिसि क्यामरा बिग्रेको मौकामा विभिन्न

    आदेश नआएको भन्दै तपस्वी बम्जनलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिएन

    तामसालिङ खबर   सिन्धुली: माथिबाट आदेश नआएको भन्दै तपस्वी बम्जनलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । बम्जनमाथि लागेका आरोपबारे