• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:02:02

ताजा खबर

प्रदेश खबर

मुख्यमन्त्रीद्वारा बालबालिकालाई जाडोका कपडा प्रदान

  • २०७५ पौष ६ शुक्रबार १०:०२:०२    तामसालिङ खबर
  • तामसालिङ खबर  
    हेटौंडा
    : तिन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विद्यार्थी भर्ना अभियान अन्तर्गत अभिभावकत्व ग्रहण गरेको दुइ जना बालबालिकालाई जाडोमा लगाउने कपडा तथा स्टेशनरी सामाग्री प्रदान गर्नुभएको छ ।

     

    गत बैशाख ५ गते पौडेलले मनहरी गाउँपालिका-६ सुनाचुरीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा ६ वर्षीया चेपाङ बालिका जेसिका प्रजा र ६ वर्षीय तामाङ बालक सञ्जित ब्लोनलाई एक कक्षामा भर्ना गरिदिनुभएको थियो । भर्नाका क्रममा दुई बाल-बालिकाको अभिभावकको नाममा मुख्यमन्त्री डोरमणि पौडेलको नाम समेत उल्लेख गरिएको थियो । बिहिबार उहाँले स्विटर, ज्याकेट, कुर्था सुरुवाल तथा स्टेशनरी सामग्री प्रदान गर्नुभएको थियो ।

     

    सामग्री प्रदान गरेपश्चात उहाँले बालबालिकाको स्वास्थ्य अवस्था तथा पारिवारिक अवस्थाको विषयमा पनि जानकारी लिनुभएको थियो । विद्यालयभन्दा बाहिर रहेका २ बालबालिकालाई पढाएर  उनीहरुको अभिभावकत्व ग्रहण गर्न पाउँदा खुशी लागेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

     

    शिक्षा बिना मुलुक समृद्ध नहुने भन्दै बालबालिकाको शिक्षा पहिलो आवश्यकता भएको बताउनुभयो ।संघीय सरकारको अभियानलाई साथ र सहयोग गर्न तत्कालिन समयमा मुख्यमन्त्री पौडेलले विद्यालय जान उमेर पुगेका कोही पनि नछुटुन भन्ने अभियानको मूल उद्देश्यका साथ भर्ना अभियान सुरु गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस

    प्रदेश ३ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु हुने

    तामसालिङ खबर   हेटौँडा- प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको

    बहुपहिचानको आधारमा नेवा: तामसालिङ प्रदेश हुने पर्ने भन्दै हेटौडामा दबाब सभा (फोटो फिचर सहित) 

    तामसालिङ खबर  हेटौडा: बहुपहिचानको आधारमा तिन नम्बर प्रदेशको नामकरण हुनु पर्ने भन्दै नेवाः ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौडामा नागरिक

    नेवा: तामसालिङको नागरिक दबाब सभाको तयारी पुरा 

    दिलबहादुर लामा  हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा यही माघ ४ गते (शुक्रबार) हेटौँडामा हुने नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि

    प्रदेश सरकारले हटियामा एकीकृत नमूना बस्ती निर्माण गरिने  

    तामसालिङ खबर  हेटौडा: तिन नम्बर प्रदेशको सरकारले एकीकृत नमूना बस्ती निर्माण गरी बसोबास व्यवस्थित गर्ने तयारी थालेको छ । यसका लागि प्रदेश सरकारले

    हेटौडा बजारको सिसिक्यामरा मर्मत गर्न बैंकर्स क्लबको सहयोग

    तामसालिङ खबर  हेटौडा: बैशाख १२ को भुकम्प संगै हेटौंडा बजार  क्षेत्रमा रहेको सिसि क्यामरा बिग्रेको थियो । सिसि क्यामरा बिग्रेको मौकामा विभिन्न

    आदेश नआएको भन्दै तपस्वी बम्जनलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिएन

    तामसालिङ खबर   सिन्धुली: माथिबाट आदेश नआएको भन्दै तपस्वी बम्जनलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । बम्जनमाथि लागेका आरोपबारे